युएस नेपाल अनलाईनको नवौं वार्षिक उत्सवमा अमेरिकाका नेपाली प्रतिभाहरू सम्मानित

‘युएस नेपाल अनलाईन’ को नबौं वार्षिक उत्सव हिजो शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ ।
नेपालमा तथा अमेरिकामा लामो समयदेखि पत्रकारिता गर्दे आएका प्रदिप थापा मगरद्धारा सञ्चालित उक्त अनलाईनले विशेष गरी अमेरिकामा बस्ने नेपालीहरूका गतिविधि, कार्यक्रम तथा जनचासोका कुराहरु समेट्दै आएको छ ।

usnepal-online-award3साहित्यकार गिता क्षेत्रीको सभापतित्वमा सम्पन्न  सो कार्यक्रमका अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने र शुभकामना दिने कार्यक्रम समेत सम्पन्न गरियो ।  समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई ‘अतिथी सम्मान’ (Guest of Honor) द्वारा कदर गरिएको थियो भने युवा प्रतिभाहरुलाई ‘युवा प्रतिभा पहिचान पुरस्कार’ (Youth Recognition Award) द्वारा सम्मान गरिएको थियो । ‘अतिथी सम्मान’ द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा नृत्य निर्देशक एवं कोरियोग्राफर बसन्त श्रेष्ठ, गायक प्रकाश श्रेष्ठ, नाट्य निर्देशक सुनिल पोखरेल, रंगकर्मी नायिका निशा शर्मा, संगितकार शरदमणि गुरुङ, अमेरिकामा पहिलो पटक स्थाई बसोबास गर्ने कलाकार ध्रुब वन्त, न्यूयोर्कका भिडियोग्राफर शम्भु मोक्तान तामाङ, युवा लोकगायक एवं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढा मगर, न्यूयोर्ककी सफल व्यवसायी कला खरेल र स्वाभिमानी नेपाली न्यूयोर्क निवासी फुर्बा शेर्पा छन् । त्यसैगरी, ‘युवा प्रतिभा पहिचान पुरस्कार’ बाट यो साल न्यूयोर्ककी युवा समाजसेवी झरना शेर्पा र सारेगमपा मौरिसस २०११ विजेता युवागायक आदित्य लामालाई सम्मान गरिएको थियो ।

usnepal-online-award1युएस नेपाल अनलाइन डट कम सन् २००७ को डिसेम्बर ३ तारिखदेखि प्रकाशन शुरु भएको हो । युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर हुन् । साहित्य सम्पादक नगेन्द्र ईङ्नाम हुन् भने अतिथी सम्पादक बिजय थापा रहेका छन् । युएस नेपाल अनलाइन डट कमका अध्यक्ष पासाङ दोर्ची शेर्पा हुन् ।