भारतलाई हराउँदै वेस्टइन्डिज बन्यो यू-१९ विश्वकप च्याम्पियन

डिफेन्डि च्याम्पियन भारतलाई पराजित गर्दै वेस्टइन्डिजले यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बंगलादेशको ढाकामा आइतबार भएको उपाधि भिडन्तमा  वेस्ट इन्डिजले उपाधिको बलियो दावेदार रहेको भारतलाई पाँच विकेटले हरायो । वेस्ट इन्डिजको युवा टिमले प्राप्त गरेको यो सफलताले क्यारेबियन क्रिकेटमा नयाँ उत्साह थप्ने आशा गरिएको छ ।

u19 cricket finalफाइनलमा पहिले ब्याटिङ गरेको भारतले ४५.१ ओभरमा अलआउट हुन अगाडि १ सय ४५ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले तीन बलको खेल बाँकी छँदा पाँच विकेटमा १ सय ४६ रन बनायो ।

विजयी टिमका लागि केसी कार्टी र केमो पउलले निर्णायक इनिङ्स खेले । केसीले ५२ र केमोले ४० रन बनाएर नटआउट रहे । उनीहरूले ६९ रनको निर्णायक साझेदारी गरे । त्यस अगाडि वेस्ट इन्डिज पाँच विकेट गुमाएर ७७ रनको खराब स्थितिमा रहेको थियो । भारतका लागि सरफराज खानले सर्वाधिक ५१ रन बनाए ।

 

  • Post category:खेल