ब्रसेल्सका दिदीबहिनीहरू पनि तीजमा नाच्ने

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा यही शनिबार सेप्टेम्बर ३ मा ब्रसेल्स शहरमा विशेष कार्यक्रम आयोजना हुने र सेप्टेम्बर ४ मा पूजा कार्यक्रम राखिएको नेपाल ब्रुस्सेल्स मिलन केन्द्र, बेल्जियमका महासचिव हरी श्रेष्ठले जानकारी दिनुभएको छ ।

teej-dance नेपाल ब्रुसेल्स मिलन केन्द्रको आयोजनामा हुन गईरहेको यस वर्षको तीज कार्यक्रमको उदेश्य बेल्जियममा रहनु भएका नेपाली दिदिबहिनीहरु एकैथलोमा भेला भएर तीजको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हुदा आगामी सेप्टेम्बर ३ तारिख सनिबार बेल्जियममा रहनु भएका सम्पूर्ण दिदिबहिनीहरु तथा दाजुभाइ उपस्थितिकाको लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

उक्त कार्यक्रममा नेपाली तीजका गीतमा नृत्य तथा अन्य सास्कृतिक मनोरन्जनका साथमा नेपाली सँस्कृतिमा भिजेका दिदिबहिनीलाई खानपिन र दरखाने कार्यक्रमको पनि व्यवस्था छ। बेल्जियम स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरुलाई पनि उपस्थितिका लागि अनुरोध गरिएको छ।

बेल्जियम स्थित नेपाली संघ सस्था बाट पाल्नुहुने प्रतिनिधिले कृपया २-९-२०१६ भित्र जानकारी गराउनुहुन बिनम्र अनुरोध गर्दछौ:
सुरेश कुमार कोरङ्गी गुरुङ – 0485 64 03 76
श्रीमती रीता खड्का – 0486 04 31 47

आफ्नो नित्र्य, गान र अन्य प्रतिभा देखाउन चाहनुहुनेले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
श्रीमती शैलजा सापकोटा – 0486 67 96 23
सृजना कार्की – 0486 29 79 04

आर्थिक सहयोग गर्न चाहनेहरुले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
नारायण सापकोटा : 0484 61 01 63
अर्जुन घिमीरे : 0486 57 16 68
श्रीमती रीता श्रेष्ठ : 0484 86 30 66

थप जानकारी
सनिबार ३/०९/२०१६
समय :- दिउसो 2 बजे देखि सांझ 10 बजे सम्म
स्थान :- Rue Eloy 80, 1070 Anderlecht(Brussels),
टिकट : दिदिबहिनीलाई नि.सुल्क
दाजुभाई लाइ १२ यूरो मात्रै

आइतबार ४/०९/२०१६ को दिन
Rue Marinos 1B
1210 Sint-Joost-ten-Node-Brussel