ब्रसेल्समा भब्यताकासाथ तीज सफल

नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज अगस्ट २० आइतबार  बेल्जियमको ब्रसेल्स सहरमा धुमधामका साथ मनाइयो  ।नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सोकार्यक्रममा ब्रुस्सेलबासी महिला दिदिबहिनी मात्रै नभएर  बेल्जियमका अन्य सहरबाट पनि राता सारी र भरिपूर्णघरगहनाले सजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो। साथमा  नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन तीजका गीतमा रमाउदै नाच्दै आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा प्रष्ट देखिन्थ्यो ।

नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र बेनेलक्सका  कार्यबाहक महामहिम राजदुत श्री सुधिर भट्टराईको प्रमुख आतिथ्यमा सुरु भएको यस कार्यक्रममा एन. आर. यन. बेल्जियमका अध्यक्ष गंगाधरगौतम , उपाधक्ष्य पदम  गुरुङ, ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सि पि भट्ट, लगाएत अन्य थुप्रै संघ सस्था बाट पाल्नुभएका बिशिस्ट व्यक्तिहरुको  उपस्थिति थियो  । र उद्घाटन कार्यक्रम संगसंगै  संगसंगै  २३ जुनमा नर्वेमा फुटबलमा भाग लिएर आउने खेलाडीहरुको स्वागत र धन्यवाद समारोह गर्दै उहाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
यस कार्यक्रममा, कार्यक्रम संयोजिका संगीता कार्कीले स्वागत भाषण गर्नुभएको थियो भने संस्थापक अधक्ष्य पारश गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने एन. आर. यन. बेल्जियमका अधक्ष्य गंगाधर गौतम, कार्यबाहकमहमहिम राजदुत श्री सुधिर भट्टराई र अध्यक्ष यज्ञ बहादुर गुरुङले  छोटो मिठो मन्तब्य दिनुभएको थियो ।
बेल्जियम भरिका २५० भन्दा बढी महिला दिदिबहिनी र दाजुभाईको उपस्थिति भएको एस कार्यक्रममा दिउसै देखि रातीसम्मै नाथाकिकनै दिदि बहिनी नाचेर रमाइलो गरे भने दाजुभाई पनि “सुत्केरीको नाउ परि टाउको मैले खायाँ” भने जस्तै गरि मौका पाउने बित्तिकै नाचिहालेको थियो।

संस्थाको महासचिब हरी कृष्ण श्रेष्ठले  कार्यक्रम सन्चालन् गरेको थियो भने सांस्कृतिक कार्यक्रम लाइ शुसिला रोक्का र मन्जु भुसालले अतिनै मनमोहक ढंगले चलाएका थिए | डि. जे. देवकाजी गुरुङले  सांगीतिकपक्ष हेर्नुभएको थियो |

ब्यवस्थापनले महिला-पुरुष सबैलाईलाई निसुल्क  प्रवेश तथा नि:सुल्क खानाको व्यवस्था गरेको थियो |   एस तीज कार्यक्रममा बिभिन्न संघ संस्था तथा ब्यक्तीबिसेषबाट पनि अर्थिक सहयोग आएको थियो। यतीमात्रै नभएर क्लबका सकृय साथीहरुले  भएभरको दिल, दिमाग र मेहनत लगाएर एस कार्यक्रम सफल बनाएक थिए।
जस्मा :-
टेबुल कुर्चीमिलाउने: अर्जुन घिमिरे, नारायण सापकोटा, राजन थापा, मोहन रोक्का , शान्तामानी सृम्खादा, नरेश खड्का, र तेजेन्द्र रोक्का
ड्रिण्क्स बारमा: कृष्ण भण्डारी
यातायातमा: अर्जुन घिमिरे.हरी कृष्ण श्रेष्ठ, तेजेन्द्र रोक्का र
संगीत समायोजन: येदिना के. सी., देवकाजी गुरुङ
हल सजाउने मिलाउने: तेजेन्द्र रोका, हरी कृष्ण श्रेष्ठ, नरेश खड्का , मोहन रोका , राजन थापा, नारायण सापकोटा
आर्थिक संकलन : अर्जुन घिमिरे, पारश गौतम, तेजेन्द्र रोक्का , नारायण सापकोटा, हरि कृष्ण श्रेष्ठ
ब्यानर बनाउने :  तेजेन्द्र रोक्का
अथिति स्वागत: संगीता कार्की र देवी गौतम
मिठो खाना : अर्जुन पुलामी र कमल गुरुङ

नेपाल ब्रुसेल मिलन केन्द्रले तीज कार्यक्रमबाट उठेको पैसा बाट ३०० यूरो नेपालमा बाढीपिडितलाइ योगदान दिने निर्णय गर्यो र आउँदो दशैंबाट आउने नाफा पनि बाढीपिडितलाइनै सुम्पिने निर्णय गरेको छ ।

बिदेशमा हुने एस किसिमको कार्यक्रमले बैदेशिक जिबन बिताइरहेका नेपालीहरुको लागि रमाइलोपन र रमझममात्रै दिइरहेको छैन बरु साथमा चाड बाडमा सात समुन्द्रपारीको न्यास्रोपन पनी मेटाउने गरेको छ । जो जस्तोलेपनि एस किसिमका कार्यक्रम गर्दछ र गर्नमा मद्त पुर्याउछ उनिहरुलाई हामीले हृदयदेखिनै धन्यवाददिनुपर्छ।
– हरी कृष्ण श्रेष्ठ