Sep 022015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page
बेल्जियममा रहेका नेपालीहरुको पुरानो साझा संस्थाको रुपमा रहेको ईन्द्रधनुष क्लवले बिगतका बर्षहरु जस्तै यस बर्ष पनि १२ सेप्टेम्वर २०१५ शनिबारका दिन लुभेनको केसेल-लोमा भब्य रुपमा  नेपाली नारीहरुको महान पर्व  तीज कार्यक्रम गर्ने भएको छ ।
          Hindu devotees dance and sing at Pashupatinath Temple while celebrating the Teej festival in Kathmanduस्थापना कालदेखिनै बेल्जियममा रहेका नेपाली दिदीबहिनीहरुलाई तीज कार्यक्रम गरेर माईतिघरको सम्झना दिलाउदै आएको  सस्थाले उक्त दिन सम्पूर्ण दिदि बहिनीहरुलाई दर ख्वाई बिभिन्न कार्यक्रम मार्फत मनोरंजन दिलाउने गरेको छ । यस बर्ष पनि सम्पूर्ण बेल्जियमबासी नेपाली दिदीबहिनीहरुलाई तीज कार्यक्रमा निमन्त्रणा गरेको छ ।
        यसरी आयोजना गरिएको कार्यक्रममा बिगतका बर्षहरु जस्तै बिभिन्न सास्कृतिक कार्यक्रम लगाएत रंगीबिरंगी पोशाक हरुमा सजिएर  उपस्थित हुन् सम्पूर्ण महिला दिदीबहिनीहरुलाई अनुरोध समेत गरिएको बताइनुको साथै बिभिन्न तीजका गीतहरुमा नाचगान गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ । ईन्द्रधनुष क्लव बेल्जियमको आयोजना गरिन लागेको कार्यक्रम संयोजक सस्थाकी उपाध्यक्ष यसोदा थापा, उपसंयोजकहरुमा शान्ति भट्टराई, कबिता थपलिया, जानु नेपाल रहेका छन् । यसै गरि बिगत बर्षहरुमा जस्तै उक्त तीज कार्यक्रममा नेपाली चेलीहरुलाई दर ख्वाउदै आएको सहयोगी संस्था क्षेत्री समाज बेल्जियम र सांग्रिला समाज बेल्जियमले सयुक्त रुपमा यस बर्ष दर ख्वाउने कार्यक्रम रहेको साथै अन्य सहयोगी महानुभावहरुको बिशेष सहयोग समेत रहेने बताइएको छ ।
 Tagged with:
Aug 252015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

हरितालिका तिज आउन एक महीना बाकी भएएपनि अस्ट्रेलियामा तिजको चहलपहल प्रारम्भ भैसकेको छ।

एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जको आयोजनामा शनिबार सिड्नीमा भब्य तिज कार्यक्रम सम्पन्न भयो। करिब तीन सय महिलाहरुको बाक्लो उपस्थितिमा तिजका भिन्न भाका र लयमा कम्मर मर्काउदै नेपाली आमा दिदी बहिनीहरुले तिजको रहर पुरा गरेका छन्।

teej-australiaसिड्नीको ग्रानभील अवस्थीत ब्लाउजा हलमा कचाकच भरिएको महिलाहरुको भिडले करिब चार घन्टा तिजका भिन्न भाकामा नाचगान गरेर रमाइलो गरेका थिए। प्रवासको ब्यस्त जिवनलाई थाँती राखेर नेपाली लोकलयमा धोको फुकाएर नाचेको दृष्य साच्चीकै हेर्न लायक थियो।

सात समन्द्र पारी अस्ट्रेलियामा आएर पनि सामुहीक रुपमा तिजको मौका पारेर रमाइलो गर्न पाउनु सौभाग्यको बिषय भएको नारी नीकुन्जकी अध्यक्ष सृजना संग्राैलाले बताइन्। उनले एनआरएनको अभियान अन्तर्गत महीला शसक्तीकरणको एउटा पाटोको रुपमा यो कार्यक्रम रहेको समेत बताईन। यस्ता कार्यक्रमले हाम्रो संस्कृती बचाउने काम गर्छ, संग्रौलाले भनिन्। उनले यस्ता कार्यक्रमले नेपाली समाजलाइ जाेड्ने काम गर्ने समेत बताइन।

 

 Tagged with: