Jan 092015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

समाजसेवाका लागि एक अर्बको अक्षयकोष स्थापना गर्ने शेष घलेले जीवनमा कति संघर्ष गरे होलान् ? धेरैले कल्पना सम्म नगर्ने संघर्ष ,दुःख र कष्ट उनले जीवनमा झेलेका छन् । कतिसम्म भने उनी जीवनको कुनै मोडमा रेष्टुरेन्टमा काम गर्दा गर्दै दुब्लाएर लखतरान भएका थिए ।

ghale_shesh_jamunaलमजुङमा जन्मिएका घलेको संघर्षशील जीवन प्राथमिक तहको शिक्षा प्राप्त गर्ने क्रमदेखि सुरु भएर उच्च शिक्षा अध्ययन गर्दा सम्म जारी रहन्छ । कतिसम्म भने उनले रेस्टुरेन्टमा सरसफाइका काम समेत गरे । उनी मात्र होइन,उनको श्रीमतीले समेत सरसफाइ मजदुरको रुपमा लामो समय काम गरिन् ।‘रेस्टुरेन्टमा सरसफाइका काम गर्न दुःख हुन्थ्यो,तर मैले हार मानिनँ ।’ घलेले आफुले गरेका संघर्षका पुराना दिनहरु सम्झिए । घलेका अनुसार उनी पाँच दिन पढ्थे,सात दिन काम गर्थे ।

उनले १८ महिनासम्म विनाछुट्टी यसरी नै काम गरे ।‘मैले १८ महिनासम्म विना छुट्टी यसरी नै काम गरेँ,त्यसैले मेरो सोसल लाइफ शुन्य थियो ,कसैलाई भेट्ने र सुख,दुःखका कुरा गर्ने अवसर नै थिएन’ घलेले आजको नयाँ पत्रिका दैनिकसँग आफ्ना संघर्षका दिनबारे बताउँदै भनेका छन् ।

घलेले श्रीमतीले समेत रेष्टुरेन्टमा सरसफाइको काम गरेको पुरानो दिनको स्मरण गर्दै शारीरिक रुपमा उतिबेला निकै दुःख भए पनि मानसिक रुपमा कत्ति पनि नथाकेको बताए । ‘हामी संघर्षका ती कठिन दिनहरुमा पनि निराश नबनेर हाँसिरहेका थियौं,किनकी त्यो बेला पनि सुन्दर भविष्य देखिरहेका थियौं’ घले भन्छन् ।