Apr 032013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

The Supreme Human ‘द सुप्रिम ह्युमन’ नामक औपन्यासिक कृति नेपाली र अंग्रेजी दुवै भाषामा आउने भएको छ । लेखक रमेश पौडेलद्वारा लिखित यो पुस्तक नेपाली संस्करण डिकुरा पब्लिकेसनबाट र अंग्रेजी संस्करण डोरेन्स पब्लिकेसन अमेरिकाले प्रकाशनमा ल्याउन लागेका हुन् ।
पुस्तकको नेपाली संस्करण चैत मसान्तभित्रै बजारमा ल्याउने डिकुरा पब्लिकेसनले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
यस पुस्तकको अंग्रेजी संस्करण अमेरिकाको डोरेन्स पब्लिकेसनले प्रकाशन गर्ने जानकारी पनि कार्यक्रममा गराइयो । डोरेन्स पब्लिसिङबाट भने यो पुस्तक तीन महिनापछि मात्र बजारमा आउनेछ ।
डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले यो उपन्यास परिष्कृत आधुनिकतावाद (सुपर मोर्डनिज्म) मा आधारित रहेको र यो नयाँ विचारधारा भएको बताए । विज्ञान कथामा आधारित यस उपन्यासमा सेक्स, साइन्स र सक्सेस (यौन, विज्ञान र सफलता) लाई आधारभूमि बनाइएको छ र यो चलनचल्तीका र आमउपन्यासभन्दा पृथक रहेको उनले जानकारी गराए ।