Mar 222013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

nepali-sena-चार दलबीच सेनामा समायोजन भएका माओवादीका एक पूर्व लडाकुलाई महासेनानी (फुल कर्णेल) र दुई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) बनाउने सहमति भए पनि उक्त निर्णय कार्यान्वयन हुन निकै कठिन देखिएको छ। तत्काल नियुक्तिको त सम्भावनै छैन, प्रक्रिया सरासर अघि बढेमा दुई वर्षपछि पनि माओवादीले भनेकै लडाकुले ती पदहरू पाउने सम्भावना छैन।
चार राजनीतिक दलका बीचमा गत साता सम्पन्न सहमतिमा ‘सेनाको प्रचलित नियम, अभ्यास र मापदण्ड पूरा गरेपछि’ ती पद दिने उल्लेख छ। सैनिक स्रोतका अनुसार अहिले तालिमरत लडाकुले सैनिक नियम, अभ्यास र मापदण्ड पूरा गरेर कर्णेल पाउने सम्भावना न्यून छ। बुधबारको सम्पर्कमा आएका एक उच्च सैनिक अधिकारीका अनुसार छिट्टै भएमा पनि उक्त निर्णय कार्यान्वयन गर्न दुई वर्ष लाग्नेछ। Continue reading »