Jun 202013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

messiस्पेनिश अदालतले अर्जेंटीनी फुटबल स्टार लियोनेल मेसी र उनका पिता जर्ज होरासियोलाइ कर छलेको आरोपमा मुद्दा चलाउने भएको छ । आउँदो १७ सेप्टेम्बरमा यस मामिलमा अदालती सुनवाई हुने एक न्यायीक प्रवक्ताले बताएका छन् ।
“वित्तीय शाखाको उजुरीमा बार्सिलोना अदालतमा सुनवाई हुने फैसला भएको छ ,” जोशे मिगुएल कम्पनीले बताएको छ ।

मेसीले २००७ देखि २००९ को बीचमा ४१ लाख (करिब ५० करोड रूपैयाँ) युरो छलेको आशंका गरिएको छ । यसका लागि उनले कर उन्मुक्त हुने देशहरू बेलिज र उरुग्वेमा नक्कली कम्पनी बनाएर अपचलन गरेको बताइएको छ ।

बार्सिलोना फुटबल क्लबका स्टार खेलाडि मेसीले आरोप इन्कार गरेका छन् ।

Mar 222013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Messi tattooसंसारका सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडी बार्सिलोना क्लवका लियोनेल मेस्सी आफ्नो छोराको माया सबैलाइ देखाउन चाहन्छन् । गत नोभेम्बरमा पिता बनेका अर्जेन्टीनी मेस्सीले वायाँ पिंडौंलामा छोरा Thiago को नाम टाट्टू गरी लेखाएका छन् । नाम अलवा उनले बच्चाको हात समेत अंकित गरेका छन् ।