Mar 272015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

विश्वकप क्रिकेटअन्तर्गत बिहिबार भएको सेमिफाइलमा भारतलाई ९५ रनले पराजित गरेपछि अष्ट्रेलियन कप्तान माइकल क्लार्क खेलबारे कुरा गर्न पोस्ट म्याच कन्फरेन्समा उपस्थित थिए ।

Clarke-aus-cricketपत्रकारहरुले खेलबारे बिभिन्न प्रश्नहरु सोधिरहदा बीबीसका एक पत्रकारले क्लार्कलाई अनौठो प्रश्न सोधे । ती पत्रकारले क्लार्कलाई ‘सेक्स’ बारे प्रश्न सोध्दा पत्रकार सम्मेलन हाँसोले गुन्जयमान भएको थियो । क्लार्कसँगै बसेका उपकप्तान स्टीभ स्मीथ पनि मज्जैले हाँसेका थिए ।

बीबीसीका ती पत्रकारले उक्त प्रश्न नियतबस भने सोधेका थिएनन् । पत्रकारले अष्ट्रेलियाको सफलता (सक्सेस) बारे सोध्न लाग्दा जिब्रोबाट सेक्स चिप्लिएको थियो । उनीले तत्काल नै सच्चाएपनि क्लार्कले सेक्सबारे नै उत्तर दिएका थिए ।

उनले सुरुमा रमाइलो प्रश्न भनेर जवाफ दिएका थिए । उनको यस्तो उत्तर आएपछि हल फेरि हाँसोले गन्जयमान भएको थियो । क्लार्कले लगत्तै सेक्स लाइफबारे कसरी थाहा भएको भन्दै पत्रकारलाई ठट्यौली पारामा उल्टै प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ यत्तिमै सकिएन । क्लार्कले यसबारे आफ्नो श्रीमतीलाई सोध्नु पर्ने भनेर पत्रकार सम्मेलनमा हाँसो मजाक गरेका थिए ।