Jul 232015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

सलमान खानको गत शुक्रबार सार्वजनिक भएको चलचित्र ‘बजरंगी भाईजान’ले बक्स अफिसका केही रेकर्डहरू तोडेको छ । एक नयाँ र फरक कथावस्तु भएको र निर्देशन पनि फरक ढंगले गरिएको चलचित्रले बक्स अफिसका ५ वटा रेकर्ड तोडेको हो ।

यो चलचित्रमा ‘पवन’को भूमिका निर्वाह गरेका सलमानको यो भूमिका अहिलेसम्मकै सर्वोत्कृष्ट रहेको मानिएको छ । उनका साथै बालिकाको भूमिका निर्वाह गरेकी हर्षाली मल्होत्राले पनि निकै प्रशंसा बटुलेकी छिन् ।

Bajarangi Bhaijaan

  • ईदको सबैभन्दा राम्रो सुरूवात : १७ जुलाई २०१५ मा ईदको अवसरमा सार्वजनिक गरिएको चलिचत्र सलमानको लागी सबैभन्दा ठूलो ‘इद ओपनिङ्ग’ भएको छ । यो चलचित्र सार्वजनिक भएको दिनमा २७.२५ करोड भारतीय रूपैयाँको कारोबार गरेको छ, जुन उनको पछिल्लो चलचित्र ‘किक’ भन्दा धेरै हो ।
  • २०१५को सबैभन्दा ठूलो ओपनिंग : सन् २०१५ मा सार्वजनिक भएका चलचित्रमध्ये ‘बजरंगी भाईजान’ले पहिलो दिनमा सबैभन्दा धेरै कमाई गरेको छ । यसले वरूण धवनको ‘एबीसीडी-२’ लाई पनि पछि पारेको छ ।
  • सलमानको चलचित्रमध्ये एक दिनमा सबैभन्दा धेरै कमाई : सार्वजनिक भएको दोस्रो दिन सलमान खानको यो चलचित्रले ३६.५० करोड भारतीय रूपैयाँ कमाई गरेको छ । यो सलमानको चलचित्रमध्येको एक दिनको सबैभन्दा धेरै कमाई हो ।
  • भारतमा मात्र नभएर विदेशमा पनि ‘बजरंगी भाईजान’ले बक्स अफिसमा राम्रो कमाई गरेको छ । अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकामा यसले ‘किक’को रेकर्ड तोडेको छ ।
  • अमेरिकामा बक्स अफिस चार्टमा दशौ नम्बरमा : शुक्रबार अमेरिका र क्यानडामा सार्जनिक भएको चलचित्रले बक्स अफीसमा करीब ७ लाख डलर कमाई गरेको छ । यसका साथै अमेरिका र क्यानडामा बक्स अफिसमा दशौ नम्बरमा पर्न समेत सफल भएको छ ।
Jan 122015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

गत नोभम्बरमा बलिउडकी नायीका गौहर खानमाथी घटेको थप्पडकाण्डमा नयाँ मोड आएको छ । थप्पड हान्ने व्यक्ति अकिल मलिकले गौहर खानकै आग्रहमा गौहरलाई थप्पड हानेको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्मयका अनुसार आरोपी अकिलले यस्तो खुलासा गरेका हुन् ।
gauhar-khanइन्डियाज रक स्टारको फाइनलका क्रममा थप्पड हान्नका लागि गौहरले भनेको आरोप अकीलले लगाएका छन् । आरोपीका अनुसार गौहरले जब अर्जुन कपूर स्टेजमा आएर फर्किन्छन्, त्यति नै बेला आफूलाई थप्पड हान्न भनेकी थिइन् ।
यतिमात्र नभई आरोपीले गौहरले उनलाई यसका बदलामा सलमानको साथ चलचित्र फिल्म ‘दबंग-३’मा खेलाउने प्रतिबद्धता जनाएको दावी गरेका छन् । सलमानको साथ काम गर्ने लालचमा अकीले गौहरको आग्रहमा उनलाई थप्पड हानेका थिए ।
अकीलले गौहरले यो सबै पब्लिसिटीका लागी गराएकी थिइन् र आफूले यसको खूलासा गर्नुको कारण गौहरले आफ्नो प्रतिबद्धता पूरा नगर्दा गरेको बतएका छन् । गौहरले चलचित्रमा खेलाउने प्रतिबद्धता पूरा गरेकी थिइनन् । अकीलको यो भनाई कति सत्य हो, यो त गौहरले नै बताउन सक्छिन् ।
बिग बस-७ की विजेता बनेकी मोडेल तथा नायीका गौहर खानले ३० नोभम्बरमा अकीलले गौहरलाई थप्पड हानेका थिए । गौहर रियालिटी शो ‘इन्डियाज रक स्टार’ को फाइनलको सुटिङ गर्ने क्रममा मोहम्मद अकिलले उनलाई जिस्क्याउँदै, गाली गर्दै र त्यसको विरोध गरेपछि थप्पड हानेका थिए । यसपछि उनलाई गार्डले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

Jan 092015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

deepika_padukoneबलिउडकी सबैभन्दा महँगी अभिनेत्री हुन्- दीपिका पादुकोण। फिल्म करिअरको सात वर्षमै यी २९ वर्षीया अभिनेत्रीले आफूलाई सफलताको शिखरमा पुर्याएकी छिन्।
बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री दीपिकाले सञ्जय लीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’का लागि नौ करोड भारु लिएकी छिन्। अहिले उनी यही फिल्मको छायांकनमा व्यस्त छिन्।
सन् २००७ मा शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’मा काम गरेर दीपिकाले बलिउडमा प्रवेश गरेकी थिइन्। त्यसयता उनले ‘रेस–२’, ‘ककटेल’, ‘ये जवानी हे दिवानी’, ‘चेन्नई एक्सप्रेस’, ‘गोलियोँ’लगायत सुपरहिट फिल्ममा काम गरिसकेकी छिन्। गत वर्ष मात्रै उनको ‘फाइन्डिङ फेनी’ र ‘ह्याप्पी न्यू इयर’ गरी दुइटा फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेका थिए। दीपिकालाई फिल्ममा लिनु नै फिल्म हिट बनाउन पर्याप्त छ भन्ने छाप बलिउडमा परेको छ, जसकारण उनको मोल दिनदिनै बढिरहेको छ।

katrina_kaif_बलिउडमा अहिले सर्वत्र प्रशंसा गरिएकी र धेरै दर्शकले मन पराएकी अभिनेत्रीमा पर्छिन्- कटि्रना कैफ। उनी बलिउडकी दोस्रो महँगी अभिनेत्रीमा पर्छिन्। एउटा फिल्मका लागि उनले साढे पाँचदेखि छ करोड भारु लिने गरेकी छिन्।

३० वर्षीय कटि्रना अभिनीत फिल्म ‘धुम–३’ले बक्स अफिसमा धमाका मच्चाउँदै विभिन्न रेकर्ड कायम गरेको थियो। उनको पछिल्लो फिल्म ‘ब्याङ–ब्याङ’ले पनि बक्स अफिसमा राम्रो नतिजा ल्यायो। यो फिल्मका लागि उनले निकै मोटो रकम लिएको बताइएको छ। उनले फेसन शो र मोडलिङबाट पनि मनग्गे कमाउने गरेकी छिन्। अहिलेसम्म उनले करिब साढे ६५ करोड भारु कमाइसकेकी छिन्।

kareena-kapoorबिहे गरेपछि अभिनेत्रीहरूको करिअर ओरालो लाग्ने र योसँगै उनीहरूको मोल पनि घट्दै जाने गरेको छ। तर, यो कुरा अभिनेत्री करिना कपुरको हकमा लागू भएको छैन। अभिनेता सैफ अलि खानसँग बिहे गरेपछि पनि बलिउडमा उनको दबदबा कायमै छ। अहिले पनि उनी महँगी अभिनेत्रीको सूचिमा छिन्। एउटा फिल्ममा काम गरेबापत उनले सात करोड भारुसम्म असुलेकी छिन्। फिल्म ‘हिरोइन’का लागि उनलाई यति मोटो रकम दिइएको थियो। तर, फिल्म भने फ्लप भयो। बलिउड समीक्षकहरूले यदि ‘हिरोइन’ सुपरहिट भएको भए करिना बलिउडकी सबैभन्दा महँगी अभिनेत्री बन्ने थिइन् भन्ने बताउने गरेका छन्।

गत वर्ष अगस्टमा रिलिज भएको उनको फिल्म ‘सिंघम रिटर्न्स’ले आफूलाई सय करोड कमाउने फिल्महरूको क्लबमा पार्न सफल भएको थियो। यद्यपि, यो फिल्म ‘सिंघम’जति हिट भने हुन सकेन।

Priyanka_Chopraबलिउडकी चौथो महँगी अभिनेत्रीमा पर्छिन्- प्रियंका चोपडा। एउटा फिल्ममा काम गरेबापत उनले सात करोड भारुसम्म असुलेकी छिन्। यद्यपि, उनको प्रचलित रेट चाहिँ तीन करोड भारु हो।

उनको अभिनयको सबैभन्दा बढी तारिफ भएको फिल्म ‘बर्फी’ हो। त्यसबाहेक फिल्म ‘फेशन’मा पनि उनको अभिनयको राम्रो प्रशंसा भएको थियो। बलिउडमा उनको मोल फिल्म ‘बर्फी’पछि बढेको हो। ‘बर्फी’पछि उनी सबै खालका भूमिका निर्वाह गर्न सक्छिन् भन्नेमा बलिउडका निर्माता तथा निर्देशक विश्वस्त भएको बताइन्छ।

सन् २०१४ प्रियंकाका लागि सफलताको अर्को महत्वपूर्ण खुड्किलो साबित भयो। गत वर्ष उनले ‘मेरी कोम’जस्तो नारी पात्रलाई प्रमुख बनाइएको फिल्ममा काम गरिन्। यो फिल्म सफल भएपछि प्रियंकाको भाउ अझ बढेको छ। अभिनयबाहेक उनी गायनमा पनि सक्रिय हुन खोजिरहेकी छिन्।

फिल्म, म्युजिक भिडियो र मोडलिङ ३१ वर्षीया प्रियंकाका आम्दानीका मुख्य स्रोत हुन्। अहिलेसम्म उनले ४० करोड भारु कमाइसकेकी छिन्।

Sep 172014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

बलिउड अभिनेत्री दिपिका पादुकोणले आफ्ना वक्षस्थलको विषयमा एक अंग्रेजी अखवारमा प्रकाशित तस्विरप्रति आक्रोश ब्यक्त गरेकी छिन् ।

उनको क्षस्थलको बीचको भाग देखाउने गरी प्रकाशित उक्त तस्विर  देखेपछि दिपिकाले ट्वीटरमा आक्रोश पोखेकी हुन् ।

ट्वीटरमा उनले लेखेकी छिन्- ‘हो, म केटी हो । मेरा बक्षस्थल छन् । कसलाई के टाउको दुखाइ ?’ ।

deepika padukoneउक्त अखवारले महिलाको सम्मान गर्न नसकेको भन्दै महिला ससक्तिकरणका गफ गर्न नसुहाउने टिप्पणी समेत गरेकी छिन् ।

केही दिन अघि मात्र अँग्रेजी अखवारले उनको बक्षस्थललाई केन्द्रित गरेर तस्विर प्रकाशित गरेको थियो ।

उनको ट्वीट: YES!I am a Woman.I have breasts AND a cleavage! You got a problem!!??

Mar 052013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

deepika padukon cricketतपाइँ निना गुप्तालाई सम्झि नु हुन्छ कि बिर्सिनुभयो ? एक जमानाको हिट फिल्म ‘खलनायक’मा माधुरीका साथ इला अरुणको धोद्रो स्वरमा ‘चोली के पिछे क्या है’ भनेर यिनी नाचेकी थिइन् । र, कुनै वेला ‘सास’ भन्ने टेलिफिल्ममा अभिनय पनि गरेकी थिइन् । अहिले अलि निष्क्रय रहेकी निना अविवाहित हुन् ।  एक छोराकी आमा पनि हुन् । बिहे नगरीकनै जन्मिएका यिनका पुत्रका पिता भने वेस्ट इन्डिजका विख्यात क्रिकेट खेलाडी भिभ रिचड्र्स हुन् ।
बलिउड हिरोइनहरूको क्रिकेटरसँगको सम्बन्ध पहिले पनि हुने गथ्र्यो । अहिले पनि जारी छ । तर, फिल्ममा सानो भूमिकामा देखिने निनाले वास्तविक जीवनमा भने सबैभन्दा ठूलो क्रिकेट स्टारसँग सम्बन्ध बनाएर हिरोइनहरूलाई
माथ खुवाइन् ।  Continue reading »

Feb 152013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

kajol_srkबलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री काजोल बलिउड स्क्रीनका सर्वकालीन सर्वाधिक रोमान्टिक जोडी चुनिएका छन् । Continue reading »