Jun 042014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

सेन्जेन सन्धी शुरू भएको २० वर्षपछि बेल्जियमले पहिलो चोटी सीमा जाँचलाई कडा बनाउने भएको छ । सेन्जेन सन्धीअनुसार युरोपियन युनियनभित्र आवातजावत गर्दा भिसा नलाग्ने हुँदा सामान्यतः सीमा जाँच आक्कलझुक्कल मात्र हुने गर्छ ।

Belgium borderयही बुधवार र विहीवार ब्रसेल्समा हुने G-7 को मिटीङमा विश्व नेताहरू उपस्थित हुँदैछन् । दुइ हप्ताअघि एक यहुदी सँग्रहालयमा आतकंकारी हमला खेपेको बेल्जियमले थप आतकंकारी हमलाको संभावना कम भए पनि सुरक्षा सुनिश्चित गर्नको लागि यस्तो उपाय अपनाइएको जनाएको छ ।