Sep 232014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Straffe hendrik beer bruggesब्रुजको बियर कम्पनी ‘द हालभ् मान’ ले सहरमुनि ३ कि.मी. लामो बियरको पाइपलाइन बिच्छ्याउन स्थानिय नगरपालिकाबाट अनुमति लिएको छ ।

कम्पनीको बियर उत्पादन गर्ने फ्याक्ट्री (ब्रुअरी) सहरको ऐतिहासिक केन्द्रमा छ भने बोटलिङ गर्ने ठाउँ ३ कि.मी. टाढा औद्योगिक क्षेत्रमा छ । ब्रुअरीबाट बोटलिङ गर्ने ठाउँसम्म बियर ओसारपसार गर्न पाइपलाइन बिच्छ्याउन लागिएको हो । यस्तो पाइपलाइनले सहरमा कुदीरहने सयौँ ट्रकहरूबाट मुक्ती मिल्ने कम्पनीले जनाएको छ । सो पाइपलाइनबाट प्रति घण्टा ६ हजार लिटर बियर पठाउन सकिनेछ ।

De halvemaan beerबियरको पाइपलाइन सिस्टम दुर्लभ मानिन्छ । यस्तो पाइपलाइन सिस्टम अपनाउने ‘द हालभ् मान’ विश्व मै दोस्रो कम्पनी बन्नेछ । यसपहिल्यै, एक जर्मन बियर कम्पनीले यस्तो विधि अपनाएको छ ।

द हालभ् मानले स्ताफ हेन्द्रीक र ब्रुज जोत् नामका बियरहरू उत्पादन गर्छ ।