‘हनुमान’ राजदूतहरूलाई तालिमको खाँचो

पार्टीपिच्छेको परराष्ट्र नीति र पार्टीपिच्छेको राजदूत सिफारिस क्रम चलिरहेको नेपालको परराष्ट्र मन्त्रालयको हालत ब्यक्तिवादी हुँदै गएको छ। राजदूतले आफ्नो शिष्टाचार राख्न त परै जाओस्, लाजमर्दो रूपमा प्रस्तुत हुने र नियुक्ति दिलाउने आफ्नो नेताबाहेक अरूलाई नटेर्ने हुनथालेपछि पदलाई मर्यादीत बनाउन प्रष्ट नीति आउनैपर्ने भएको छ । राजनीतिक नियुक्ती गर्दा राजनीति शास्त्र, अर्थशास्त्र वा कानूनका ज्ञाता विशिष्ट ब्यक्तिहरूलाई गरिने अन्तर्राष्ट्रिय प्रचलन रहनेमा…

Comments Off on ‘हनुमान’ राजदूतहरूलाई तालिमको खाँचो

नयाँ राजदूतको चर्चा शुरू

Nepal Flagराजदूतसहितका संवैधानिक पदमा नियुक्ति गर्न सक्ने परिषद्को पूर्णतासँगै विभिन्न ७ स्थानमा रिक्त विशिष्ट कूटनीतिक पदमा नियुक्ति पाउन परराष्ट्रमा दौडधुप सुरु भएको छ । हाल न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि तथा भारत, थाइल्यान्ड, मलेसिया र इजिप्टमा राजदूत पद रिक्त छ । जर्मनीस्थित राजदूत पद आगामी असार मसान्तदेखि रिक्त हुँदै छ । आगामी माघदेखि श्रीलंका, कुवेत, वासिंटन, बेलायत र क्यानडामा समेत राजदूत पद रिक्त हुनेछ । काठमाडौंस्थित सार्क सचिवालयमा पनि आगामी वर्षबाट रिक्त हुने विशिष्ट कूटनीतिक तहको सदस्यसचिव पदमा नेपालले नियुक्ति गर्ने पालो छ । ‘परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले छिट्टै राजदूत नियुक्ति सुरु हुने संकेत दिनुभएको छ,’ मन्त्रालयमा विभागीय ‘बि्रफिङ’ थालेका मन्त्री घिमिरेसँगको भेटघाटपछि एक सहसचिवले भने । (more…)

Comments Off on नयाँ राजदूतको चर्चा शुरू