ब्रसेल्सको सेन्ट्रल मै पिजा हट लुटीयो

ब्रसेल्सको सेन्ट्रल ला बुर्समा रहेको पिजा हट रेस्टुरेन्टमा शुक्रवार अपरान्ह पिस्तोल देखाइ लुटीएको छ । रेस्टुरेन्ट म्यानेजरले पैसा दिन आनाकानी गरेपछि ति लुटेराले पिस्तोल देखाएका बताइएको छ । समाचार अनुसार घटनाको बखत रेस्टुरेन्टमा अन्य ग्राहकहरू पनि थिए र ती लुटेराले ब्ल्याक बक्समा रहेको १ हजार युरो लिएर भागेका थिए । प्रहरीले हालसम्म पक्रन सकेको छैन ।

Comments Off on ब्रसेल्सको सेन्ट्रल मै पिजा हट लुटीयो