लडाकुलाई कर्णेल बन्न कठिन

nepali-sena-चार दलबीच सेनामा समायोजन भएका माओवादीका एक पूर्व लडाकुलाई महासेनानी (फुल कर्णेल) र दुई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) बनाउने सहमति भए पनि उक्त निर्णय कार्यान्वयन हुन निकै कठिन देखिएको छ। तत्काल नियुक्तिको त सम्भावनै छैन, प्रक्रिया सरासर अघि बढेमा दुई वर्षपछि पनि माओवादीले भनेकै लडाकुले ती पदहरू पाउने सम्भावना छैन।
चार राजनीतिक दलका बीचमा गत साता सम्पन्न सहमतिमा ‘सेनाको प्रचलित नियम, अभ्यास र मापदण्ड पूरा गरेपछि’ ती पद दिने उल्लेख छ। सैनिक स्रोतका अनुसार अहिले तालिमरत लडाकुले सैनिक नियम, अभ्यास र मापदण्ड पूरा गरेर कर्णेल पाउने सम्भावना न्यून छ। बुधबारको सम्पर्कमा आएका एक उच्च सैनिक अधिकारीका अनुसार छिट्टै भएमा पनि उक्त निर्णय कार्यान्वयन गर्न दुई वर्ष लाग्नेछ। (more…)

Comments Off on लडाकुलाई कर्णेल बन्न कठिन