ओली र नेपाल समूहको प्यानलमा को-को ?

आज शुरू एमालेको नवौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आगामी २५ गते सकिने छ । महाधिवेशनमा देशभरवाट २ हजार ३ सय २५ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनमा बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा देखिएका छन् । ओलीको प्यानल- अध्यक्षका प्रत्यासी एमाले संसदीय दलका नेता केपी शर्मा…

Comments Off on ओली र नेपाल समूहको प्यानलमा को-को ?

एमालेको नयाँ रूप प्रवासी नेपाली मञ्च

CPN UMLनेकपा (एमाले)ले आफूसम्बद्ध विदेशमा रहेका प्रवासीहरूको संगठन नेपाली लोकतान्त्रिक मञ्चको नाम परिवर्तन गरेर प्रवासी नेपाली मञ्च (ओएनएफ) बनाएको छ। स्थायी कमिटीको निर्णयको आधारमा गत माघ २३ गतेदेखि लागू हुनेगरी सर्कुलर जारी गर्दै एमालेले उक्त निर्णय गरेको हो।
निर्णयसँगै भारत प्रवासबाहेक संसारभरि फैलिएको संगठनको एउटै नाम हुने भएको छ। यससँगै एमालेले विधि नै नपुर्यारई गठन गरिएको र केही नेताहरूको घुमफिर गर्न जाने माध्यम बनेको पुरानो कमिटीलाई बिदा गरेर विधानसम्मत नयाँ संरचना निर्माण गरेको छ। अब युरोप समन्वय कमिटीमा प्रत्येक देशबाट अध्यक्षहरू पदेन सदस्य
रहनेछन् भने कमिटीले पठाएका एक–अर्का सदस्य पनि रहनेछन्। सँगै युरोपभरि सांगठनिक गतिविधि तीव्र बन्नुका साथै कार्यकर्ताहरू उत्साहित भएका छन्। युरोपका ११ वटा देशहरू– पोर्चुगल, स्पेन फ्रान्स, जर्मनी, इटाली, बेलायत, बेल्जियम, नेदरल्यान्ड, रसिया, नर्वे र ग्रिसमा अधिवेशन गठन तथा पुनःगठनको क्रम सुरु भएको छ। (more…)

Comments Off on एमालेको नयाँ रूप प्रवासी नेपाली मञ्च