Jul 142014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

ब्राजिलमा भएको २० औँ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ। रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको निक्कै रोमाञ्चक खेलमा जर्मनीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्यो । सब्स्टिच्युट मारियो गोत्जेले अतिरिक्त समयमा एक सय १३ औं मिनेटमा गोल गरेपछि जर्मनीले अर्जेन्टिनालाई १-० ले फाइनलमा हराएर सोमबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि जितेको हो । अर्का सब्स्टिच्युट आन्द्रे सर्लेको क्रसमा छातीले नियन्त्रण गरेर ‘भली’मा गोत्जेले गरेको प्रहार सुन्दर गोल बनेको थियो । विश्वकपमा कीर्तिमानी सर्वाधीक १६ गोल गरेका मिरोस्लाभ क्लोजको स्थानमा गोत्जे ८८ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

Gotse Germanyनिर्धारित ९० मिनेट रोमाञ्चक रह्यो । दुवै टिम आक्रमक देखिए । तर, गोल भने भएन । अधिकांश समय जर्मनीले बल नियन्त्रणमा राख्यो । उसले मुभ पनि बुन्यो । तर, बल पाउँदा एक्कासी राम्रा अवसरहरू अर्जेन्टिनाले पनि सिर्जना गर्यो । पहिलो हाफमा गोन्जालो हिगुइन तथा दोस्रो हाफमा कप्तान लियोनल मेसी र सर्जियो पालासियोले गोलका स्वणिर्म अवसर उपयोग गर्न सकेनन् ।
German win final
तथ्याङ्कअनुसार खेलको ६४ प्रतिशत समय जर्मनीले बल नचाएको थियो भने ३६ प्रतिशत समय अर्जेन्टिनीहरूको पहल रह्यो । दुबै देशले विपक्षीको पोस्टमा करिब १०/१० शट हानेका थिए । त्यसमध्ये गोलपोस्टमा निशानी रहेका ५ जर्मन शटहरू अर्जेन्टिनी किपरले रोके भने अर्जेन्टिनी शटहरू पोस्ट परिपरी खेर गए ।
जर्मनी पहिलोपल्ट १९५४ मा विश्वकप च्याम्पियन भएको थियो । त्यसपछि उसले १९७४ र १९९० मा जित्यो । र, अहिलेको सफलतासँगै जर्मनी चौथोपल्ट च्याम्पियन भयो । जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली टिम पनि बन्यो । इटालीले पनि चारपल्टै विश्वकप जितेको छ । यसपल्टको आयोजक ब्राजिल सर्बाधिक ५ पल्टको च्याम्पियन हो । अर्जेन्टिना २ पटकको च्याम्पियन हो ।
German celebrates
जर्मनीको सबैभन्दा राम्रो पक्ष ‘टिम वर्क’ देखियो । उसका खेलाडीको प्रदर्शन प्रत्येक पोजिसनमा अब्बल रह्यो । सेमिफाइनलमा ब्राजिलविरुद्ध ७-१ को जित निकालेको उसले फाइनलमा अर्जेन्टिनाको भने कडा चुनौती बेहेार्नुपर्योव । तैपनि उसले अर्जेन्टिनालाइ दबाबमा राखीरह्यो ।
Golden ball to Messi
अहिलेको विश्वकै सर्बोत्कृष्ट फुटबलर मानिएका मेसीको नाम ज्यादा प्रचारमा रहे पनि रक्षापंक्तीका मास्केरानोले अर्जेन्टिनी टीमको खम्बा बनेर खेले र जर्मन टिमवर्कलाइ रोकी रहे । चारपल्टका फिफा बर्ष खेलाडी मेसीले अर्जेन्टिनालाई ‘लिजेन्ड’ डिएगो म्याराडोनाले २८ बर्षअघि दिलाएको सफलताको पुनरावृत्ति गर्लान् की भन्ने आशा साकार हुन सकेन । कतिपय खेलविज्ञहरूले उनले बार्सीलोना क्लबबाट खेले जस्तो खेल देखाउन नसकेको र थकित देखिएको टिप्पणी गरेका छन् ।
४ वर्षपछि सन् २०१८ मा रसियामा अर्को विश्वकप हुनेछ ।

विशेष पुरस्कार :
गोल्डेन बल- लियोनल मेसी, अर्जेन्टिना
गोल्डेन बुट- जेम्स रोडि्रग्वेज, कोलम्बिया (६ गोल)
उत्कृष्ट गोलकिपर- म्यानुएल नोयर, जर्मनी
उत्कृष्ट युवा खेलाडी- पल पोग्बा, फ्रान्स

Jul 032014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

विश्वकप फुटबलमा एकथरी मानिस सधैँ ब्राजिल र अर्जेन्टिनाको संभावना देख्छन् । ब्राजिल र अर्जेन्टिनाको टीम चिने पनि नचिने पनि यी भनेका ‘ठूला नाम’ हुन् भन्ने मनोविज्ञानले काम गर्छ । अर्कोतर्फ ठूला टीममा आत्मविश्वास हुन्छ- हामी जित्छौँ भन्ने । आत्मविश्वास एक सकारात्मक पक्ष हो, तर त्यही मात्र पर्याप्त हुँदैन ।

world_cup_hosts_map_2014अर्जेन्टिनासँग स्विट्जरल्यान्डको प्रदर्शन तारिफयोग्य थियो। कतिपयले स्विस टोली अर्जेन्टिनासँग केही नर्भस भएर हारेको पनि भने। वास्तवमा, स्विट्जरल्यान्डलाइ युरोपमा ‘फुटबल देश’ का रूपमा चिनिन्न । र स्विस टोली हेर्दा पनि त्यहाँ स्विस मूलका भन्दा पूर्वी युरोपेलीहरूको वर्चस्व छ । ती खेलाडि युरोपका ठूला क्लबबाट खेल्छन् र उनीहरूमा प्रशस्त एक्सपोजर छ । नेपाल जस्तै पहाडी मुलुक स्विट्जरल्यान्डमा अर्जेन्टिनाको तुलनामा फुटबलको क्रेज कमै छ । तैपनि स्विसहरूले ‘ठूलो नाम’ अर्जेन्टिनालाइ हम्मे हम्मे पारे । ४ पटक ‘विश्व खेलाडि’ छानिएका मेसीले स्वीकारेका छन् – स्विट्जरल्यान्डसँग अन्ततिर पनि गोल गर्न नसक्दा नर्भस भइयो ।

विश्वकप फुटबलको ट्रफी अहिलेसम्म पश्चिम युरोप र दक्षिण अमेरिकाका ८ टोलीबीच वरिपरि घुमिरहेको छ। यी देशहरूमा फुटबलको ठूलो क्रेज छ र फुटबल खेलाडिको आम्दानी पनि अत्यन्त राम्रो छ । त्यसैले स्टार खेलाडिहरू यतै जन्मन्छन् ।
खेलमा स्टार खेलाडीको प्रदर्शनले फरक पार्छ। स्विट्जरल्यान्डविरुद्ध लियोनल मेसी नायक बने। उनलाई स्विसका रक्षकले बढी मार्किङ गरे। त्यति मात्र होइन खेलअवधिभर २ रक्षक उनको वरिपरि हुन्थे । मेसी जस्ता स्टार खेलाडि हुनु टीमको लागि ठूलो भरोसाको कुरा हो तर एक्लो स्टारको आडमा खेल्दा पुरै टीम राम्रो नभए अर्को खेलाडिले गोल हान्न गारो पर्छ । डिफेन्सहरू मेसीलाई रोक्न सफल हुँदा स्विट्जरल्यान्डविरुद्ध गोल गर्न अर्जेन्टिनालाइ मुस्कील पर्यो र अन्तसम्म कुर्नुपर्यो ।
१ सय १८औं मिनेटमा गोल खाएपछि भने स्विट्जरल्यान्ड एक्कासि एट्याकिङमा उत्रियो। अन्तिममा अर्जेन्टिनालाई धेरै दबाबमा राखे। त्यो उनीहरूको सफलता हो। युरोपको एक सामान्य टीमसँग मुस्किलमा परेर अर्जेन्टिना हावी हुन नसक्नु उनीहरूको नामअनुसार काम नहुनु नै हो ।

Argentina VS Belgiumनिश्चित रूपमा अर्जेन्टिना विश्व फुटबलमा बलियो टोली हो। माराडोनाको पालादेखि नै यसले थुप्रै फ्यान कमाएको छ । आफ्नो मातृभूमिले फुटबलमा करामत नगर्दा हामी कतिपयलाइ कसको समर्थन गर्ने समस्या आइपर्छ । अनि हाम्रो नेपाल जस्तो देशका मान्छेहरू माराडोनाको अर्जेन्टिनालाइ समर्थन गर्छन् ।

त्यस्तै ‘फुटबलको राजा देश’ ब्राजिल विश्वकपको सधैँ दाबेदार मानिन्छ । ब्राजिलियन कोचले गत वर्ष क्षेत्रिय देश चिलीसँग मैत्री खेल खेल्ने सन्दर्भमा चिलीलाइ होच्याएका थिए । उनले प्रोफेसनल खेलाडिहरूले भरीएको युरोपसँग खेल्न चाख भएको, र चिलीसँग खेल्नु समयको बर्बादी भएको कमेन्ट गरेका थिए । तर यसपालीको नकआउट चरणमा ब्राजिलले त्यही चिलीलाइ भाग्यले जित्यो, पेनाल्टिमा । ब्राजिलमा आफैले आयोजना गरेको यसपालीको कप जित्ने ठूलो जनअपेक्षा छ तर चिलीभन्दा राम्रो मानिएको कोलम्बिया ठूलो तगारो बनेर खडा छ । कोलम्बियाका रोद्रीगेजले यति सनसनी फैलाएका छन् कि उनी दोस्रो माराडोना हुन् भन्न थालिएको छ ।

यसपालीको विश्वकपमा दक्षिण अमेरीकी देशहरू चम्कीएका छन् तर त्यो ब्राजिल र अर्जेन्टिनाको कारणले होइन की तिनका छिमेकी देशहरूको करामतले हो । कोलम्बियाको टीमसँग ‘ठूलो नाम’ ब्राजिलले हारेमा आश्चर्य हुने छैन ।

त्यस्तै विश्वकप नजितेका बेल्जियम र नेदरल्याण्डस् अघि बढेमा पनि आश्चर्य मान्नु पर्ने छैन । यी देशका खेलाडिहरूले युरोपका महंगा र व्यवसायीक क्लबहरू भरीएको यथार्थ हो । विश्वकपमा चम्कीएका खेलाडिहरू पनि आफूलाइ तिनै महंगा युरोपेली देशहरूमा बिकाउन प्रयास गर्छन् ।

खासगरी, बेल्जियम टिम प्रतिभावान युवा खेलाडीले भरिएको छ। उनीहरूमा खेल जित्नुपर्ने भावना छ। बेल्जियमको जत्तिको एक्स्ट्रा खेलाडिको बेन्च अर्को कुनै देशको छैन भनिन्छ, त्यसैले एक्स्ट्रा टाइममा खेल्नु बेल्जियमका निम्ति झन् सुगम बन्छ ।
यसरी हेर्दा, यसपालीको विश्वकपमा परम्परागत ‘पावर हाउस’ देशहरूलाइ साना देशहरूले राम्रै चुनौति दिने संभावना प्रबल छ ।

Jun 122014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

J. Lopezविश्वचर्चित महिला पप सिंगर जेनिफर लोपेजले विश्वकपको उद्घाटन समारोहमा गीत गाउनेछिन्। साओ पाउलोको स्टेजमा लोपेजले विश्वकपअन्तर्गत आधिकारिक गीत ‘वि आर वान (ओले ओले)’ गाउने द इन्डेपेन्डेन्टले जनाएको छ। उनका साथमा पिटब’ल तथा ब्राजिलियन पपस्टार क्लाउडिया लेइटेले पनि सहभागिता जनाउनेछन्।

गायिकाका प्रतिनिधिले पिपल नामक म्यागेजिनमा बताए– ‘उनी त्यहाँ ह’नेछिन्। जेनिफरले विश्वकप उद्घाटन समारोहमा सहभागिता जनाउन सधैं चाहेकी छिन्। हामीले सेडय’ल मिलाउन कोशिस गरिरहेका छौं। अगाडि आएको वक्तव्य अपरिपक्व थियो। जेनिफरले फ’टबलका समर्थक र उनका समर्थकलाई निराश पार्न चाहेकी छैनन्।’

ब्राजिल र क्रोएसिया खेल्न’अगाडि जेनिफरले स्टेजमा आएर ब्राजिलको रंगशालामा आफ्नो जाद’ई आवाजले मन्त्रम’ग्ध पार्ने भनेपछि आयोजकका समर्थक ज्यादै ख’सी भएको पनि पत्रिकाले जनाएको छ। चार वर्षअघि शाकिराले वाका वाका (दिस टाइम फर अफ्रिका) मा उद्घाटन समारोहमा प्रस्त’त भएकी थिइन्। ज’न विश्वभरि चर्चित भएको थियो। तर यसपटक प्रायः जसो ब्राजिलीहरू गीतबाट निराश भएका छन्।