Jun 122014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

विश्वकप फुटबलको उद्घाटन खेल बिहीबारको मध्य राति अर्थात् नेपाली समयअनुसार राती १ बजेर ४५ मिनेटमा सुरु हुदैछ। महासंग्रामको पहिलो लिग खेल आयोजक राष्ट्र ब्राजिलले क्रोएसियासँग खेल्दैछ। क्रोएसिया आफैंमा पनि राम्रो क्षमता भएको देशमा गनिन्छ। सन् १९९८ को संस्करणमा तेस्रो हुनु नै उसको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो। त्यसपछि क्रोएसियातर पनि विश्वभरका समर्थकको ध्यान खिचेको थियो।
विश्वका ३२ उत्कृष्ट राष्ट्रले सहभागी जनाउने यो प्रतियोगिता ब्राजिलमा दोस्रो पटक हुन लागेको हो। ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप फुटबलको आयोजना गरेको थियो।

fifa_world_cup_2014विश्वकपको इतिहासमा सर्वाधिक २० पटक सहभागी जनाएको ब्राजिलले पाँचपटकसम्म विश्वकप जितिसकेको छ।
ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप उपाधि जितेको थियो । ब्राजिल १९५० र १९९८ मा फाइनलमा पराजित भएको थियो । सबैभन्दा धेरै पटक उपाधि जित्ने टोलीको रुपमा ब्राजिललाई हरेक संस्करणमा उपाधिको दाबेदार मानिन्छ ।
यसपटक घरेलु मैदान भएकाले टोलीमाथि चुनौति र अवसर दुबै थपिएको छ । अनुभवी गोलकिपर जुलियो सिजरदेखि युवा खेलाडी नेयरमार अटाएको टोलीमाथि उपाधि अन्त जान नदिन समर्थकको बढी दबाब पर्ने छ । यो विश्वकप ब्राजिली टोलीका सबैभन्दा स्टार खेलाडी नेयमारले आफूलाई सिद्ध गर्ने अवसर पनि हो।
यस्तै ईङ्लिस प्रियिमर र जर्मनीमा बुन्डेस लिग खेल्ने अधिकांश खेलाडी सहभागी क्रोयसियाले पनि ब्राजिललाई कम नआक्ने विश्वास गरिएको छ।

गृह मैदानमा घरेलु समर्थकमाझ हुने विश्वकपको पहिलो खेल जित्नु ब्राजिलका लागि मनोवैज्ञानिक हिसाबले महत्वपूर्ण हुन्छ। समूह ए आयोजक ब्राजिलसँगै क्रोएसिया, क्यामरुन र मेक्सिको छन्।

एक महिने फुटबल महासंग्रामलाई ब्राजिलका रंगशाला मै पुगेर ३३ लाख ३४ हजार दर्शकले प्रत्यक्ष हेर्ने छन् भने टेलिभिजनमार्फत विश्वभरिका करिब ४ अर्ब दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। जसका कारण संसारका फुटबलप्रेमीलाई मात्रै हैन, विश्वलाई नै महासंग्रामले एक बनाउने अनुमान सबैको छ।

यस संस्करणका लागि सन् २०११ देखि सुरु भएको विश्वकप फुटबलको छनोट खेलमा ६ वटै महादेशका २ सय ७ राष्ट्र सहभागी थिए। जसबाट ३१ राष्ट्रले फाइनल चरणको टिकट काट्दै महासंग्राममा भिडन्त गर्ने मौका पाएका हुन्। आयोजक राष्ट्र भएको नाताले ब्राजिल सोझै फाइनल चरणमा छनोट भएको थियो।

संसारभर छरिएर रहेका ब्राजिलका फ्यानहरु आफ्नै भूमीमा भएको प्रतियोगिता उसैले जितोस् भन्ने चाहन्छन्। विश्वभर र नेपालमा पनि ब्राजिलकै छिमेकी देश अर्जेन्टिनाका फ्यानहरु पनि कम छैनन्।

आफ्नै देशको पक्षमा ढुकढुकी थामेर बस्ने ३२ देशका नागरिकहरु र आफ्नो टिमका पक्षमा लाग्ने विश्वभरमा मानिसहरुले आजदेखि सुरुहुने फुटबलको महाकुम्भलाई एक महिनासम्म रोमाञ्चक बनाइरहने छ। पहिलो खेलअघि हुने उद्घाटन समारोहमा पप सुपरस्टार जेनिफर लोपेज, र्यासपर पिटबुल र ब्राजिली गायिका क्लाउडिया लेइटेसँगै ६ सय जिम्न्यास्ट, मार्सल आर्टिस्टलगायत कलाकारको प्रस्तुति रहनेछ।