Oct 192014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

अखबारहरूमा यौन व्यावसायमा संलग्न महिलाहरूको पीर, व्यथा र शोषणका कथा प्रायशः सबैले पढेकै होलान्, तर यौनको अश्लील भावभंगीमा नृत्य गर्ने अर्थात् रेस्टुरेन्टहरूमा मदिराको नशामा लठिएका पुरुषहरूको काखमा यौन अभिनयमा नृत्य गर्ने नर्तकहरू (ल्याप डान्सर) हरूको पेसा त्याग्न नसक्ने स्थितिबारे बीबीसीका पत्रकार बेन मिल्लरले यो लेख लेखेका छन्। विश्वका हजारौं यस्ता नर्तकहरूले हरेक दिन पेसा छाड्ने मनस्थिति बनाउने गरेका छन्। तर तिनीहरूका लागि पेसा त्याग्ने निर्णय निकै जटिल र चुनौतीपूर्ण हुने गरेको छ। २० वर्षकै उमेरमा विश्वविद्यालय पढ्दै गर्दा बेलायतकी जेनिफर डान्नस ल्याप डान्सर बनेकी थिइन्।
कसरी यो पेसा नशाजस्तै छाड्नै नसक्ने बन्छ भन्नेबारे उनी बताउँछिन्– ‘ल्याप डान्सिङ त पहिलो पाइला मात्रै हो। त्यसपछि नांगो फोटो खिँचाउनेदेखि अश्लील फिल्मसम्म नजाँनिदो किसिमले तानिँदै जान्छ। अन्य पेसाभन्दा यो पूर्णतः बेग्लै छ।’ ‘स्ट्रिप्ड’ नामक आफ्नो पुस्तकमा उनले आफ्नो अनुभव लेखेकी छिन्– ‘यस क्षेत्रमा जति लामो समय काम गर्यो त्यति छोड्न कठिन हुने यसको कटु वास्तविकता हो। अन्य सामान्य काममा लाग्न गार्हो हुन्छ। विगतका दुई, तीन वा नौ वर्ष कहाँ काम गरें भनी बताउने। सामाजिक लज्जाका कारण झुठो बोल्नुपर्ने हुन्छ। यदि कुनै दिन तपार्इंले बार टेन्डरका रूपमा काम गर्नुभएको छ भने काम छाडेपछि तपाईंले बार टेन्डरको त्यो परिचय सजिलै लुकाउन सक्नुहुन्छ तर यौन उद्योगमा लागेर एक दिन मात्र स्ट्रिपरको रूपमा काम गर्नुभएको छ भने तपाईंले कुनै पनि सम्मानित पेसा अपनाए पनि पुरानो पेसाको बदनामी मेटाउन सक्नुहुन्न। यो लागूपदार्थको नशा जस्तै हो। यसको अम्मल निकै कडा हुन्छ। यस पेसामा पनि निकै उतार चढाव हुन्छ। कुनै साता निकै धनी ग्राहकहरू भेटिन्छन्, तपाईंले थुपै्र पैसा पाउनु हुन्छ। त्यसपछि लगातार दुई सातासम्म उल्लेख्य पैसा नपाउन पनि सक्नु हुन्छ। फेरि अर्को साता भाग्य चम्किन सक्छ। म कसैलाई पनि यस पेसा अँगाल्न सल्लाह दिन्नँ। अर्को साता धेरै पैसा पाउँछु कि भन्ने लोभ र आशाका कारण पेसा छाड्नै नसक्ने स्थितिमा पुगिन्छ।’
हर्टफोर्डसायरको ट्रिङमा हुर्केकी २८ वर्षीया एमी केड स्टेजमा एक–एक गरी कपडा खोल्नुअर्थात् स्ट्रिपिङबाट यौनधन्दाको कहाँ–कहाँसम्म पुगिन्छ भन्ने उदाहरण हुन्। शुरूमा विजाको एउटा रात्रि क्लबमा नर्तक बनेकी उनी स्ट्रिपर हुँदै अश्लील चलचित्रमा खेल्नेसम्म भइन्। उनले प्रत्येक पेसा परिवर्तन गर्नुमा पनि कारण छन्। विजामा एक सिजन टिक्नमात्र उनले स्ट्रिपरको काम गरेकी थिइन्। उनी भन्छिन्– ‘आफ्ना केही यौन कल्पनाको अन्वेषणका लागि म अश्लील चलचित्र उद्योगमा पसेको थिएँ। तर धेरै गाह्रो काम रहेछ। टाढा–टाढासम्म यात्रा गर्नुपर्ने र काम पनि नियास्रोलाग्दो। यस उद्योगमा पुरानै विचारधारका एकै किसिमका मानिसहरू मात्र भेटें। यस क्षेत्रमा मानिसहरू किन आउँछन् र जान्छन् भन्ने तर्कपूर्ण कारण भेटिनँ।’
अहिले उनी वर्लिनमा कलाकारिता क्षेत्रमा पार्टटाइमर छिन्। २५ वर्षीया कर्टनी मोर्गानले करिब दुई वर्षसम्म विभिन्न स्ट्रिप क्लबमा काम गरिन्। उनी भन्छिन्– ‘मैले सामान्य जीवनमा फर्कने विचार गरें। त्यो काम छाडेर अध्ययनमा फर्कें। आईटी भर्ति, दातृ संस्थाहरूका लागि चन्दा संकलनदेखि स्वयम्सेवाको समेत काम थालें। करिब डेढ वर्षपछि ६ महिनासम्म मैले कुनै काम पाइनँ। त्यसपछि पुनः पुरानै पेसामा फर्किन बाध्य भएँ।’ हाल लन्डनको मध्यभागमा अवस्थित स्पिरमिन्ट राइनोमा कार्यरत उनी आफ्नै क्लब र व्यवसाय चलाउने आत्मविश्वास र आशा पालेर बसेकी छिन्।
lapdanceत्यसै गरी लन्डनकै एउटा स्ट्रिप क्लबमा काम गर्न रोमानियाबाट आएकी २६ वर्षीया गिया भने पढ्न र अर्कै काम गर्ने इच्छा भए पनि आफ्नो घरजम नबसुञ्जेल रमाइलोका लागि पनि यस पेसामा लागिरहेको बताउँछिन्। युनिभर्सिटी अफ लिडसको समाजशास्त्र विभागमा कार्यरत डाक्टर टिला सान्डर्सले नयाँ सम्बन्धमा प्रवेश गर्न, नयाँ क्यारियरको विकल्प खोज्न तथा काम गर्ने वातावरणबाट दिक्क भएर यौन उद्योग छाड्ने गरेको बताउँछिन्।
सान्डर्स भन्छिन्– ‘विभिन्न कारणहरू जस्तै ऋण तिर्न, पैसा जोगाएर घर पठाउन, अर्को व्यवसाय चलाउन, घर किन्न वा शिक्षा आर्जनका लागि खर्च जुटाउन महिलाहरू यस पेसामा प्रवेश गर्ने गरेको पाइएको छ। आफ्नो लक्ष प्राप्त भएपछि अधिकांशले यो पेसा छाड्छन्।’ यौन उद्योग मापनको हिसाबकिताब राख्न निकै कठिन छ। बेलायतको राष्ट्रिय तथ्यांक विभागले देह व्यापारमा मात्र वर्षेनी ५ अर्ब पाउन्ड बराबरको कारोबार हुने गरेको जनाएको छ। तर ल्याप डान्सिङ, पोर्नोग्राफी र सेक्स च्याट लाइनबाट पनि वार्षिक लाखौं पाउन्ड आर्जन हुने गर्दछ। धेरै वर्षअघि मानिसहरू देह व्यापारीलाई देखेर कसरी कुनै व्यक्ति पैसाका लागि आफ्नो शरीर बेच्न तयार हुन्छन् हाला भनी कल्पना गर्ने गर्दथे। तर यसबारेको नयाँ कथाहरू बनिसकेका छन्। अचेल मानव ओसारपसारकर्ता वा दलाल वा लागूऔषध दुव्र्यसन वा अति गरिबीका कारण महिलाहरू देह व्यापारमा लाग्न बाध्य हुने गरेको मन्यता छ।
तर अन्य नौला कथाहरू पनि छन्। उदाहरणका लागि ब्रुक माग्नान्टी। उनले बेल्ले डि जोरको छद्म नाममा आफ्नो लन्डन कलगर्लको अनुभवलाई सकारात्मक ढंगले ब्लग गरेकी थिइन्। ल्याप डान्सिङ र देह व्यापारमा पक्कै पनि ठूलो भिन्नता छ।
आफ्नै स्वेच्छाले प्रवेश गरे तापनि देह व्यापारीहरूले पहिलोको तुलनामा धेरै बाधा अड्चनहरू भोग्नुपर्ने हुन्छ। यौनकर्मीहरूको सुरक्षाको सुधारमा प्रयासरत नेसनल अग्ली मग स्किमका म्यानेजर एलेक्स ब्रिस आंशिकरूपमा यो उद्योग भूमिगत भएकाले बेलायतमा कार्यरत यौनकर्मीको यकिन तथ्यांक थाहा हुन नसकेको बताउँछन्।
तर करिब ८० हजार व्यक्ति यस व्यवसायमा लागेको अनुमान गरिएको छ। सन् २०१० मा प्रहरी प्रमुख अधिकारीहरूको संगठनले ३० हजार महिला सडक यौन व्यवशायमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। महिलावादी अभियान समूहका अभियन्ता साराह म्याथ्युसनले देह व्यापारमा लाग्नेहरूलाई कालान्तरमा सेना र बलात्कार पीडितहरूलाई जस्तो नराम्ररी मानसिक आघात पर्ने गरेको बताउँछिन्।
विगतमा त्यति चलनचल्तीमा नरहे पनि अहिले बेलायतमा पुरुष वेश्यावृत्ति पनि राम्ररी मौलाउँदै गएको छ। तर अन्य रोजगारमा समान समयसम्म एउटै काम गरे पनि महिलालाईभन्दा पुरुषलाई बढी पारिश्रमिक दिने प्रचलनले गर्दा आर्थिक शोषणमा परेकाले पुरुषको तुलनामा महिलाहरू यौन व्यवशायमा बढी आकर्षित हुने गरेको विषेशज्ञहरूको भनाइ छ।
– एजेन्सी