Jun 152014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

पप गायिका ब्रिटनी स्पेयर्स पछिल्ला केहीदिन यता आफ्नो पहिरनमा निकै ध्यान दिन थालेकी छन् । कुनै उत्सव वा समारोहमा सहभागिता जनाउन उनले पहिरनप्रति ध्यान दिएकी भने होइनन् । शरीरको मोटोपन लुकाउन उनले अचेल नयाँ–नयाँ पहिर प्रयोग गर्ने गरेकी हुन् । गायिका ब्रिटनीको वजन १३ किलो बढेको छ । यो वजनले उनी आफैलाई त अप्ठ्यारो भएको छ । उनको शरीरको बनावट पनि बिग्रिएको छ ।

britnysउनी आफ्नो शरीरमा आएको यो परिवर्तन बाहिर भने लुकाउन चहान्छिन् । त्यसैले बिभिन्न खालका अनौठा पहिरन खोजेर अचेल उनले लगाउने गरेकी हुन् । ति पहिरनले उनको शरीरको मोटोपन लुकाएर सौन्दर्यलाई यथावत राख्ने काम गरेको छ । मोटोपनका कारण उनको प्रस्तुतिमा पनि केही परिवर्तन आएको छ । शिरदेखि पाउसम्म ढाक्ने खालका लामालामा पहिरनमा उनी देखिने गर्छिन् । उनको प्रस्तुतिमा अहिले पहिलाको जस्तो गल्यामर्स हुन छाडेको समर्थकहरूको भनाइ छ । एजेन्सी