Jul 252014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

बेल्जियममा नवनिर्वाचित फ्लेमिश सरकार गठन भएको छ ।

फ्लेमिश पार्टको सबैभन्दा ठूलो दल राष्ट्रवादी NVA को नेतृत्वमा फ्लेमिश क्रिश्चियन डेमोक्रेट CD&V र फ्लेमिश लिबरल VLD सहितको सरकार बनेको हो । निवर्तमान गृहमन्त्री खेर्त बुर्ज्वाको प्रधानमन्त्रीत्वमा बनेको ८ सदस्यीय मन्त्रीमण्डलमा NVA का ३, CD&V का ३ र VLD का २ मन्त्री रहेका छन् । सरकारमा ३ पार्टीका ३ महिला उप-प्रधानमन्त्री बनाइएका छन् ।

Flemish cabinetनयाँ सरकारले सरकारी कर्मचारीको सँख्या घटाउने बताएको छ । यसअघि गठबन्धन वार्तामा बच्चाहरूको भत्ता हेरफेर गर्ने सहमति भएको थियो । जसअनुसार सबै बच्चाले पाउने ‘बच्चा भत्ता’ बराबर रहने बताइएको छ । हालसम्म पहिलो बच्चाले करिब ९० युरो पाउने गरेकोमा अब यो रकम १५० युरोको हाराहारीमा रहने संभावना छ ।