Jan 212016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

केही समय अगाडि कलिउडकी नायिका शुभेच्छा थापाले खादाले वक्षस्थल ढाकेर फोटोसुट गरिन् । जुन निकै विवादास्पद बन्यो । जसका कारण नेपाल चलचित्र कलाकार सघंले उनलाई ६ महिनासम्म चलचित्र सम्बन्धि कुनै पनि क्रियाकलापमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको छ। त्यति मात्र होइन नायिका थापा स्वयंले क्षमा मागी सकेकी छिन् ।

subhechha-Thapa-Khadaयो विवाद उठीसकेपछि मान्छेहरूका आ-आफ्ना विचार हुनु स्वाभाविक हुन्छ । हुनसक्छ नायिका थापाले चर्चाको लागि त्यसो गरेकी हुन् । र यो पनि साधारण सत्य हो की उनले नेपाली समाजमा नपच्ने काम गरेकी छन् । तर यसलाइ बबन्डर गल्तीका रूपमा लिनु पनि अतिवाद कै अर्को रूप हो । अनि चलचित्र कलाकार सघंले यस ढङ्गले कार्यवाही गर्नु पनि तालीवानी शैलीको परिचायक हो । चलचित्र कलाकार संघ भनेको अनुदार सेन्सर बोर्ड हो ? संघको नेतृत्वले परिवर्तनशील र उदार सामाजिक परिवर्तनलाई आत्मसात गर्न सकेको देखिएन ।

समाजमा धर्मभिरूहरू हुन्छन् । अनुदारवादीहरू हुन्छन् । त्यस्ता समयको प्रवाह नबुझ्नेहरू समाजमा बहुमतमा हुन सक्छन् र ती कहिलेकाँही आक्रामक बन्न सक्छन् । तर नेतृत्वमा बस्नेहरूले समयको प्रवाह र परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ ।

खादाले वक्षस्थल छोपिनु खादाको अपमान हो भन्ने कुरामा मान्छेपिच्छेको विचार हुनसक्छ । निश्चित रूपमा खादा बौद्ध धर्माबलम्बीहरुको पवित्र बस्तु हो । धार्मिक आस्थाबाहेक पनि यो नेपाली समाजमा सम्मान गर्ने सगुनको रूपमा लिइन्छ । सौभाग्यका रूपमा लिइन्छ । त्यसको अर्थ वक्षस्थल छोप्न र पहिरनको रूपमा लगाउन मिल्दैन भन्नु अन्धविश्वास मात्र हो । भित्री कपडा लगाइँदा त्यो खादा त्यहीँ ठीक, भित्री कपडा नलगाइँदा बेठीक भन्नु पुरानो पुस्ता र नयाँ पुस्ताको सोचाइको फरक मात्र हो । नायिका थापाले सम्मानपूर्वक खादालाई त्यसरी लगाउनु बबन्डर गल्ती ठान्नु जरूरी छैन । किनकी खादाप्रति उनको आस्था उत्तिकै उच्च छ । यो केवल शैलीको कुरा मात्र हो । यति मात्र हो- उनको त्यो पोज नेपाली समाजमा सजिलै पच्दैन ।

यदी कसैले फूलको मालाले स्तन छोप्यो भने फूलको अपमान मान्ने की नमान्ने ? किनकी हिन्दूहरूलाई त्यो फूलको अपमान लाग्नसक्छ । अपवित्र लाग्नसक्छ । यी यस्ता कुरा हुन्, मान्छेपिच्छेको श्लिल र अश्लिल भन्ने धारणा हुनसक्छ ।

कलाकार भनेका राष्ट्रका गहना र ढुकुटी हुन् । उनीहरू समाजका ऐना हुन् । उनीहरूबाट समाज र राष्ट्रले राम्रा कार्यको अपेक्षा गरिरहेको हुन्छ । उनीहरूको काम र व्यवहारले समाजमा तिब्र प्रतिकृया/असर पैदा गर्छ । यो पनि सत्य हो की कलिउडदेखि बलिउड र हलिउडसम्म कलाकारहरू एक कदम ज्यादा उदार हुन्छन् । र समाज परिवर्तनको नवीन शैली बसाल्छन् ।

विदेशतिर नजर लगायौं भने अमेरिका, यु. के. र जर्मनीका झण्डाहरू कतिपय कलाकारहरूले अण्डरवेयरका रूपमा प्रयोग गरेर फोटो खिचाएको देखिन्छ । नेपाली समाजको सोचाइबाट हेर्दा कतिपयलाई लाग्नसक्छ त्यो राष्ट्रिय झण्डाको अपमान हो । तर यस्ता घटनाहरू पश्चिमी समाजमा पचीसकेका छन् र तिनले अपमानको रूपमा नहेरी कला वा एक सामान्य घटनाका रूपमा हेरीदिन्छन् ।

त्यसैले नायिका थापाको खादा प्रकरणलाई अतिरंजित गर्नु आवश्यक छैन । अन्धविश्वासीले दृष्टिकोण बदल्न आवश्यक छ । यो सिर्फ अन्धविश्वासलाई चुनौति हो र नेपाली समाजमा रहेको श्लिल-अश्लिलको लक्ष्मण-रेखाप्रति अवज्ञा हो ।

Jun 202014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

प्रतिष्ठीत नेपालीहरू विदेश आउँदा मान-सम्मान दिँदै खादा ओढाउने प्रचलन प्रवासमा बढेको देखिन्छ । सम्मान दिने शिष्टाचार राम्रो भए पनि खादा ओढाएरै के-के नै गरे जस्तो गरी समाचारको झ्याली पिट्ने र आत्मरतिमा रमाउनेहरूको सँख्या बढ्दो छ । यस्तै समाचारहरू युरोपमा बनिरहन्छन् । ब्रसेल्सको नेपाली राजदूत निवासमा बनेको यस्तै पछिल्लो समाचार छ:

समाचारसँगै आएको फोटो

समाचारसँगै आएको फोटो

नेपालका वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यलाई लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले आज मंगलवार, ब्रुस्सेल्सस्थित नेपाली दुतावास निवासमा भएको मैत्रिपूर्ण भेटका क्रममा रातो खादा ओढाएर हार्दिक सम्मान गर्नुभएको छ ।

लामो समय देखि पुरातात्वविद आचार्यले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा भएको हो भन्ने यथेष्ट प्रमाणहरु जुटाउनको लागि पुरातात्विक उत्खननमार्फत पुर्याउदै आउनु भएको योगदानका लागि उहाँलाई सम्मान गरिएको हो ।

युरोपेली संघका लागि नेपाली राजदुत राम मणि पोखरेलको संयोजन तथा समुपस्थितिमा दुतावास निवासमा भएको अभियानका पदाधिकारीहरु र युरोप भ्रमणमा रहनुभएका पुरातत्व विभागका पूर्व महानिर्देशक वरिष्ठ पुरातत्वविद् तथा पशुपति क्षेत्र विकाश कोषका कार्यकारी निर्देशक आचार्य तथा लुम्बिनी विकाश कोषका प्रमुख सुचना तथा सम्पर्क अघिकृत ज्ञानिन राईका बीच भएको भेटघाट कार्यक्रममा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रवर्धनका लागि विश्वव्यापीरुपमा लुम्बिनीको यथोचित प्रचार प्रसार गर्न आगामी दिनमा लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान र लुम्बिनी विकाश कोषका बीच कसरि सहकार्य गरेर अगाडि जान सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर सौहार्दपूर्ण छलफल भयो ।