Aug 262014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्यमा आफूहरुको तर्फबाट रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम सिफारिस गरेको ऋषि धमला अध्यक्ष रहेको रोपोटर्स क्लबले प्रेस विज्ञप्तीमा जनाएको छ । तर ती साना दलका नेताहरूले आफूले धमलाको नाम किटान नगरेको तर पत्रकारहरू पनि छानिनु पर्ने भनेको भनी बचाउ गरेका गरेका छन् ।

Rishi Dhamalaदलित जनजाती पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाल लगायतका १२ दलका अध्यक्षहरुले आज संयूक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूहरुको तर्फबाट २६ मनोनयनमा परेको भागको एक जनाको ठाँउमा धमलाको नाम सिफारिस गरिएको धमलाको दावी छ।