Aug 262014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

central_station_antwerpब्रिटिश-अमेरिकन लोकप्रीय वेब-पत्रिका माशेबलले विश्वका उत्कृष्ट १२ ट्रेन स्टेशनहरूको सूचिमा बेल्जियमको दोस्रो ठुलो सहर आन्त्रोपेनको सेन्त्राल ट्रेन स्टेशनलाइ पहिलो नम्बरमा राखेको छ ।

antwerpen_centraal_stationवेब-पत्रिकाले स्वेडेनको स्टकहोमको टी-सेन्त्राल स्टेशनलाइ दोस्रो, दुबइको दुबइ मेट्रो तेस्रो, लन्डनको सेन्ट पान्क्रास रेल्वे स्टेशन चौथो र न्यूयोर्कको वोल्ड सिटी हल स्टेशनलाइ पाँचौ सुन्दर ट्रेन स्टेशनका रूपमा सूचिकृत गरेको छ ।

आन्त्रोपेनको सेन्त्राल ट्रेन स्टेशनमा चार तल्ला रहेका छन् । पुरानो यस स्टेशनको केही वर्षअघि मात्र मर्मत सुधार गरिएको हो ।