छविको चाैथो नम्बरमा शिल्पा पोखरेलको चर्चा

निर्माता छबिराज ओझा र नायीका शिल्पा पोखरेल बिच केहि समय अघि चलेको हल्ला अहिले सत्य साबित हुदै आएको छ । अभिनेत्री रेखा थापा संग अलग भएपछि एक्लो महसुस गरेका निर्माता ओझाको भित्रि मनमा नायीका शिल्पा ले बिहे गर्छु भने सवथोक छोडेर हामफाल्ने मनसाय व्यक्त गरेका छन् ।

shilpa-pokharel-and-chhabi-ojhaकान्तिपुर टेलिभिजनको कार्यक्रम रजटपटमा बोल्दै छबि ओझाले यस्तो बताएका हुन् । यस बिषयमा शिल्पा को भनाइ पनि केहि सकारात्मक देखिन्छ । आफू अहिले बिबाह नगर्ने तर आफूलाइ पर्खन सके बिबाह हुन सक्ने संकेत उनले गरेकि छिन् । जे होस छबिराज ओझालाइ शिल्पा ले हरियो झण्डा देखाइसकेकि छिन् ।

निर्माता छबिराज ओझाले नायीका शिल्पालाइ चलचित्र लज्जा बाट डेव्यू गराएका हुन् भने उनले हवल्दार सुन्तली र अव चाडै फ्लोरमा जाने चलचित्र लंका २ मा पनि शिल्पालाइ नै लिएका छन् । एक्लो जिवन बिताइरहेका छबिराज ओझाले शिल्पा लाइ बिबाह गरे पछि यो उनको चौथो बिबाह हुने छ ।

एक्लो भएका छबिले शिल्पालाइ पर्खिन सक्ने हुन या होइनन् , अथवा पर्खने सके भने छबिले शिल्पाको साथ कहिले पाउने हुन् यसै भन्न सक्ने अवस्था छैन । शिल्पा अभिनित चलचित्र लज्जा कार्तिक ७ गते बाट प्रर्दशनमा आउदै छ । तर छबि शिल्पालाइ अहिले देखिनै नं १ नायीका भन्दै हिडेका छन् ।