ब्रसेल्समा नेपाली भाषाका विद्यार्थीहरूले मनाए सरस्वती पूजा

“नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्र” ले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम अभिभावक दिवस तथा सरस्वती पूजा गत माघ २२ गते अर्थात फेब्रुवरी ४ मा एक समारोहका बीच मनाएको छ । नेपाल ब्रसेल्स मिलन केन्द्रको सकृयतामा बेल्जियममा रहेका नेपाली बालबालिकाहरूलाई लक्षित गरि नेपाली भाषा कला  र संस्कृति सिकाउने हेतुले एक बर्ष अघि देखि बेल्जियमको राजधानी ब्रसेल्समा कक्षाहरू संचालन भइ रहेको छ ।

saraswati puja bxl1
बिगत लामो समय देखि बेल्जियमका बिभिन्न सहरमा हजारौको संख्यामा रहेका नेपाली समुदायहरू पछिल्लो समयमा आएर संगठित हुदै गरिरहेका छन। कार्यक्रममा अभिभावकको तर्फवाट बोल्दै कमल खड्काले आफूहरू यो स्कुल संचालनबाट  निक्कै हर्षित रहेको र  यसलाई निरन्तर अगाडी लैजान सम्पुर्ण नेपाली समुदायको साथको आबस्यकता हुने बताउनु  भएको थियो।
saraswati puja bxl 2
कार्यक्रममा स्कुलका बिद्यार्थी भाई बहिनीहरूले नेपालको राष्ट्रिय गान गाएर सुनाएका थिए भने संचालक समितीका सदस्य किरण अधिकारीले सम्पुर्ण अभिभावकको साथमा उक्त  सरस्वती बन्दना बाचन गरेर सुनाउनु भएको थियो।
saraswati puja bxl 3
नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्रकी संयोजक सिर्जना कार्की थापाको अध्यक्षता नेपाल ब्रसेल्स मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका उपसंयोजक दिपक भण्डारीले आय व्यय प्रस्तुत गर्नु भयो भने संचालन समितीको तर्फबाट देब गुरूङले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । नेपाल ब्रसेल्स मिलन केन्द्रका उत्तम गाैतम, शिक्षकको तर्फबाट  शिक्षिका शुशिला रोका र बिधार्थीको तर्फबाट रोमान्स सुबेदीले पनि आ आफ्नो अनुभब सुनाउनु भएको थियो । कार्यक्रम संस्थाका महासचिव हरि श्रेष्ठले संचालन गर्नु भएको थियो।
saraswati puja bxl 4