सलमानको गीत सार्वजनिक

salman-khan-singingसलमान खानलाई चलचित्रमा विभिन्न भूमिकामा त हेर्दै आएका नै छौ । अब उनको अर्को एउटा परिचय थपिएको छ, चलचित्रको गायकको रूपमा ।

सलमान खानको आवाजमा चलचित्र ‘हिरो’को प्रमुख गीत ‘मे हुँ हीरो तेरा’ सार्वजनिक भएको छ ।

चलचित्रको यो गीतलाई यो वर्षको प्रेम गीत भनिएको छ । यो गीतको भिडियोमा सलमान आफ्नो आवाजमा यो रोमान्टिक गीत गाईरहेको देखिएका छन् र नायक सूरज पञ्चोली र अतिया शेट्टीको चलचित्रको सिनहरूलाई पनि यो भिडियोमा समावेश गरिएको छ । सलमान खानले गीतलाई ट्वीटरमा शेयर गर्दै भनेका छन्, ‘मागका कारण सार्वजनिक गरिने दिनभन्दा एकदिन पहिले नै यो गीत हेर…। ‘