बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

बेल्जियमको लुभेनमा आइतवार आठौं नेपाल महोत्सव सम्पन्न भयो। एनआरएन बेल्जियमको आयोजनामा भएको महोत्सवमा बेल्जियमस्थित विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग गरेका थिए। बिहान एघार बजे नौमती बाजागाजा सहित नगर परिक्रमा गरी शुरु गरिएको कार्यक्रममा नेपाली दूतावास बेल्जियमका राजदूत राममणि पोखरेल, बेल्जियमका पूर्व गृहमन्त्री एंव लुभेन नगरपालिकाका मेयर लुइस तवाक,  एनआरएन अध्यक्ष शेष घलेका साथै बेल्जियमका विभिन्न राजनीतिक दलका नेता एंव सांसद सदस्यहरुको सहभागिता रहेको थियो।
nepal festival5नेपालीहरु दौरा सुरुवाल ढाका टोपी, गुन्यूचोली र साडीका साथै विभिन्न पोशाकमा सजिएर सहभागी भएका थिए। कार्यक्रममा युरो नेपाल कलाकार संघ बेल्जियमले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने बेलायतबाट आएको नौमती टोलीले समेत प्रस्तुति दिएको थियो। कार्यक्रममा लाखे नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागी सांसद नहिमा लान्जिरी, आन देद्रे, नगरपालिका सदस्य मोहमद रीदौनी, स्वतन्त्र पत्रकार निक मेइनेनले कार्यक्रममा शुभकामना दिएका थिए । कार्यक्रममा दूतावास उप-प्रमुख घनश्याम भण्डारीले भूकम्पको बेला बेल्जियम सरकारबाट भएको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए। उनले नेपाल कला संस्कृतिमा धनी रहेको र भूकम्पपछि पनि नेपालका सांस्कृतिक सम्पदा उस्तै रहेको बताउदै स्थानीयवासीहरुलाई नेपाल भ्रमणको लागी आब्हान गरेका थिए। नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सहयोग पुग्ने हिसावले नेपाली दूतावास बेल्जियमले स्टल समेत राखेको थियो। सहभागीलाई दूतावासका कर्मचारीले पर्यटन सम्वन्धि सामाग्री वितरण गरेका थिए।
nepal festival1कार्यक्रममा नेपाली कला संस्कृति झल्किने विभिन्न स्टलहरु समेत राखिएका थिए । हस्तकलाका सामाग्रीको साथै नेपाली खानाको परिकारहरू समेत प्रदर्शनी तथा विक्रीवितरण गरिएको थियो ।
कार्यक्रममा एनआरएन उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुनकुमार श्रेष्ठका साथै नेदरल्याण्ड, जर्मनी र लक्जेम्बर्गबाट समेत गैर आवासीय नेपालीहरु सहभागी भएका थिए ।
एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। औपचारिक र सांस्कृतिक गरी दुइ चरणमा कार्यक्रम सम्पन्न भएको थियो। सोफिया महर्जन कार्कीले सांगीतिक कार्यक्रम कुशलतापूर्वक संचालन गरेकी थिइन भने महासचिव लोक दाहालद्वारा संचालन गरिएको औपचारिक कार्यक्रम अलि खल्लोपन भएको सहभागीले बताए। उद्घाटन सत्रपछि  मेलामा नेपालीहरुको राम्रो सहभागिता रहेको थियो भने स्थानीय बेल्जियनहरू न्यून सँख्यामा देखिन्थे ।
nepal festival4

nepal festival7
nepal festival8