नेपालका भूकम्प पीडितलाई लुभेनका नेपाली छोरीहरुको सहयोग

लुभेनस्थित SINT FRANCICUS COLLEGE मा अध्ययनरत शर्मिला पन्त, उरुषा धिताल र बेल्जियन छात्रा जुली( JULIE)को पहल र कलेजका प्रधानाध्यापकको सहयोगमा नेपालका भूकम्प पीडितहरुका लागि सँकलित रकम १४०७(एकहजार चार सय सात) युरो बराबर १६०२३५ (एकलाख साठी हजार दुईसय पैतीस) रुपयाँ आज आईएमई मार्फत पछिल्लो पटक भूकम्प अति प्रभावित सिन्धुली, दोलखा, रामेछापमा समाजसेवी उज्वल थापा मार्फत वितरण हुनेगरी नेपाल पठाएका छन् ।
leuven-campusउक्त रकम सँकलनका लागि छात्रात्रयले अध्ययनरत कलेजका हरेक तहमा भूकम्पले पारेको असर र मानवीय सहयोगका लागि विशेष अभियान चलाएका थिए भने स्थानीय लुभेनका विविध पसल र रेष्टुरेण्टहरुमा सहयोग बाकस राखेर रकम सँकलन गरेका थिए ।
प्राप्त जानकारी अनुसार निम्न स्थानहरु 436,00 Euro college, MBS Dayshop 480,00 Euro, GB Naamesstraat 127,00 Euro, Apotheek Baart Mechelsesteenweg 36,70 Euro, Oli Restaurant 53,15 Euro, Sole mio Restaurant 85,00 Euro, Naamesstraat Broodjeszaak 55,00 Euro, Juile en Familie Kessel-lo 100,00 Euro, बाट स्वेच्छिक सहयोग स्वरुप सो रकम सँकलन गरिएको थियो ।