बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमले  बिबिसी विश्व सेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्कालार्इ सम्मानित गर्ने भएको छ। सो अनलाइन पत्रिकाको तेस्रो बार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन्। आगामी जुलाई २८  मा जर्मनीको फ्रयांकफर्टमा नेपालीनेपाली डट कमको तेस्रो बार्षिकोत्सव कार्यक्रम गरिने तय भएको छ ।

पत्रकार खड्का बिबिसीसँग लामो अवधिदेखि आवद्ध छन् । यस अघि उनले काठमाडौं र लण्डनमा बिबिसी नेपाली सेवाको प्रोड्युसरको रुपमा काम गरेका थिए। बीबीसी विश्वसेवाको वातावरण संवाददाताको रुपमा खडकाले बिबिसी टेलिभिजन, अनलाईन र रेडियोकालागि थुप्रै समाचार, फिचर तथा रिपोर्टहरु तयार पारेका छन्।

उनले खासगरी हिमाली क्षेत्रको वातावरण र जलवायु परिवर्तनबाट त्यहाँका जनजीविकामा परिरहेको असरका बारे रिपोर्टहरु गर्ने गरेका छन्।