नेपाली चेली मिरा रार्इ फ्रान्समा च्याम्पियन

mira rai ultra racer_nepalनेपाली चेली मिरा रार्इ फ्रान्समा भएको एक म्याराथनमा च्याम्पियन बन्न सफल भएकी छन् ।
 
पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेकी अल्ट्रा म्याराथन धावक मिरा राई फ्रान्समा सम्पन्न ८० किलोमिटर लामो मोन्ट ब्लङ्क म्याराथनमा च्याम्पियन बन्न सफल भएकी हुन् । 

मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेण्डमा पुरा गरी उपाधि उचालिन् । सो म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो हुन सफल भए ।

  • Post category:खेल