सुनिललार्इ फकाउँदै कपिल शर्मा

कपिल शर्मा शोबाट बाहिरिएका सुनिल ग्रोवरलार्इ शोमा फर्काउन  कपिल शर्माले फकाइरहेको समाचार भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यी दुर्इबिचको झगडापछि ‘द कपिल शर्मा शो’ को स्तर घटेको धेरै दर्शकले गुनासो गर्ने गरेका छन् । यही गुनासोलार्इ सम्बोधन गर्न कपिलले प्रयास गरेका हुन् ।

कपिललाई प्रश्न गर्ने अवसर आउँदा सबै फ्यानहरूले सुनिललाई कहिले शोमा फर्काउनुहुन्छ भनी सोध्छन् । केही दिनअघि कपिलको फेसबूक लाइभ च्याटमा फ्यानको प्रश्नमा कपिलले भावुक हुँदै सुनिल आफ्नो भाइजस्तो भएको र उनका लागि आफ्नो ढोका सधैं खुला रहेको बताएका थिए । सुनिल शोमा फर्कने हल्ला चाहिँ चलिरहन्छ तर उनी अहिलेसम्म फर्केका छैनन् ।

यसैबीच सुनिललाई फकाउन कपिल आफैं उनको घर गएको खबर आएको छ । सुनिल र कपिलबीच भेट भएको बताइएको छ तर दुवैले यससम्बन्धमा मिडियालाई केही बताएका छैनन् ।

खबरअनुसार कपिलले एसएमएस गरेर सुनिललाई आफूकहाँ बोलाएपनि सुनिलले वास्ता नगरेपछि कपिल आफैं सुनिलकहाँ पुगेका थिए । तर उनीहरूबीचको वार्ता सफल नभएको बताइएको छ । तर सुनिलले अरू कुनै शोमा आबद्धता नजनाएको हुँदा उनी पनि ‘पर्ख र हेर’ मा रहेको र कपिलकै शोमा फर्किने संभावना रहेको आँकलन केही मिडियाले गरेका छन् ।