अनेसास जापानको ३५ औं साहित्य शृंखला सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको नियमित साहित्य शृंखला अन्तर्गतको ३५ औं शृंखला आइतवार टोकियोमा सम्पन्न भएको छ । नव गठित नवौ कार्यसमितिले गरेको नया वर्षको शुभकामान आदानप्रदान तथा साहित्य शृंखलाको निरन्तरता स्वरुप ३५ औं शृंखला टोकियो स्थित सोलमारी सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा शंकर प्रेरणाको ’जीवनको परिवेश’ नामक गीति संग्रह बिमोचन गरिएको थियो ।

INLS Japan program jan2016समारोहमा साहित्यिक पुरस्कार स्थापनार्थ वार्षिक ५० हजार येनको घोषणा गर्नुभएका ब्यबसायी महेशकुमार श्रेष्ठलाई खादा ओडाएर सम्मान गरिएको थियो भने कार्यबाहक राजदुत गेहेन्द्रराज भण्डारीलाई खादा ओढाई संस्थाको तर्फ बाट सफल कार्यकालको शुभकामना सहित स्वागत  गरिएको थियो।

कार्यक्रम मा अरुण पौडेल , दिप पाठक लगाएतले कविता लेखेकै कारण कोहि पनि  मर्न नपरोस भन्दै साउदी अरबको   सरकारले मृत्युदण्ड सुनाइएका कबि असरफ फयादको जिबन रक्षाको कामना गरेका थिए।
कार्यक्रममा जापानमा रहेका दर्जनौं स्रष्टाहरुले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

साहित्यिक शृङ्खलामा सरिता ढकाल, समर्पण गडेल, शंकर प्रेरणा, प्रकाश पौडेल ‘माइला’, विष्णुप्रसाद घिमिरे, आलोक चालिसे, रवीन शर्मा, अरुण पौडेल, दीप पाठक, जीवन अर्याल, श्रवण सत्याल, चण्डी सुवेदी, ज्ञानु खड्का, गिरिजा गैरे, भगवती उप्रैती, सष्मा ओमाता, रामजंग कार्की, प्रैमिला गौचन, सुदन थापा, बलुकाजी थापा, महेश श्रेष्ठ लगायत हुनुहुन्थ्यो।

कार्यक्रममा टोक्यो, योकोहामा, चिबा, नागोया, साइतमा लगाएतका ठाउ बाट साहित्यिक स्रस्टा हरुको उपस्थीति रहेको थियो ।

अनेसास जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न समारोहमा प्रेमीला गौचनको स्वागत मन्तब्य रहेको थियो भने दिप पाठकको संचालन रहेको थियो। सस्था को आगामी ३६ औं शृंखला नागोयामा चौथो पटक हुनेछ।