IAF अवार्ड बेल्जियममा हुने

अन्तराष्ट्रिय कलाकार मञ्च IAF युरोपले अन्तर्राष्ट्रिय कलाकार सम्मानको घोषणा गरेको छ| उक्त सम्मान यहि सेप्टेम्बर २६ मा बेल्जियममा वितरण गरीने भएको छ| कला क्षेत्रका उत्कृष्ट गायक ,गायिका सम्मान ,उत्कृष्ट संगीत विशेष योगदान (अन्तराष्ट्रिय )सम्मान, उत्कृष्ट नेपाली चलचित्र विशेष योगदान सम्मान, नेपाली सेवा सम्मान , उत्कृष्ट नृत्य निर्देशक सम्मान, उत्कृष्ट खलनायक सम्मान, उत्कृष्ट हाँस्य कलाकार सम्मान , उत्कृष्ट गीतकार सम्मान , उत्कृष्ट संगीतकार सम्मान , उत्कृष्ट चलचित्र सम्मान, उत्कृष्ट निर्देशक सम्मान, उत्कृष्ट नायिका  र नायक सम्मान  गरी १४ विधामा पुरस्कार प्रदान गरीने भएको छ| अवार्डमा नेपाली  बर्ष ७१ बैशाख देखि आउँदो चैत्र मसान्त सम्म प्रर्दशित फिल्महरुको सहभागिता हुने छ | आयोजकले २०७२ बैशाख महिना सम्ममा सहभागी फिल्महरुलाई जुरीहरुले हर्ने र जेष्ठ असार महिना भित्र टप फाईभ नोमिनेशन आउँट गर्दै दशैंको छेकोमा अवार्ड गर्ने बताएको छ |

त्यसै गरी अन्य तीन विधा थप गरिने मञ्च नेपालका अध्यक्ष प्रदीप कुमार उदयले बताए | IAF बारे जानाकारी गराउदै ‘यस संस्थाको मूल उदेश्य कुनै पनि कलाकर्मी विपतमा पर्दा सहयोग जुटाउनु तथा कला कलाकर्मीलाई विश्वव्यापी पहिचान दिलाउँदै व्यावसायिक व्यवस्थापन गर्नु हो |’ उदयले बताए | पहिलो पटक बेल्जियममा आयोजना गरीएको आईएफ अवार्ड प्रत्येक वर्ष भिन्न भिन्न देशमा आयोजना हुने उनले जानकारी गराए | अवार्ड आयोजनाबाट भएको सबै मुनाफा रकम IAF HELP FUND मा जम्मा गरीने योजना रहेको छ| IAF EUROPE ले एक करोड बराबरको सहायता अक्षय  कोष स्थापना गरेर विपतमा परेका कलाकर्मीलाई सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष उदयले बताए | यही अक्षय कोषबाट नेपाली फिल्ममा दुई दशकदेखि प्राविधिकको रुपमा आवद्ध हाल अस्वस्थ रहेका मेकअप मेन सन्तु गुरुङ र सिनियर लाइट मेन महानन्द चौधरीलाई २६,२६ हजार रुपैयाँ हस्तान्तरण गरीएको थियो|

अवार्ड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागी बेल्जियम स्थित कलाकार तथा निर्देशक IAF Europe का अध्यक्ष उज्जवल के.सी.को नेतृत्वमा महासचिव दयाराम पौडेलको संयोजन, कोषाध्यक्ष तेजेन्द्र कंडेल, सचिव बेनी ढुंगाना, सह कोषाध्यक्ष  लक्ष्मण जोशीको सह-संयोजन र  बजार व्यवस्थापन बिनोद शाहीको नेतृत्वमा किङ्ग फ्राङ्कि र दिपक पौडेल सक्रिय रहेका छन| नेपालमा सल्लाहकारका रुपमा निर्देशक शम्भू प्रधान, निर्देशक एवं अभिनेता कृष्ण मल्ल चलचित्र र पत्रकार संघका अध्यक्ष  शान्तिप्रिय छन् | यस्तै उपाध्यक्ष नायिका गौरी मल्ल, महासचिव नायक गणेश उप्रेती, सचिव फिल्म पत्रकार राजन घिमिरे, कोषाध्यक्ष निर्देशक एवं निर्माता राजु अधिकारी, सदस्यहरुमा नायक निर्देशक रबिन्द्र  खड्का,  नायिका मेलिना मानन्धर र सरिता लामिछाने, निर्माता हरि बराल, कलाकार कृष्ण ढुंगाना र निर्देशक सुमन दाहाल रहेका छन |1