सरकारले भारतीय राजदूतसँग स्पष्टीकरण सोध्यो

नेपाल-भारत तनावसँगै तेलसहितका उपभोग्य पदार्थ रोकेकोमा सरकारले नेपालस्थित भारतीय राजदूत रञ्जीत रेसँग स्पष्टिकरण सोधेको छ ।

राजदूत रेलाई शुक्रबार अपरान्ह मन्त्रालयमा बोलाएर र्कायबाहक परराष्ट्र मन्त्री खगराज अधिकारीले स्पष्टिकरण लिएका हुन् ।

ranjit-rae_indian-ambassador‘नेपाल आउने तेल र उपभोग्य पदार्थ भारतमा किन र के कारण रोकिएको हो ?’, मन्त्री अधिकारीले स्पष्टिकरण लिँदै राजदूत रेसँग सोधे, ‘उपभोग्य सामान रोकिएपछि सीमामा बढेको तनाव रोक्न भारतीय पक्षले के पहल गरिरेको छ ?’

‘यो अवस्थतामा तेलदेखि उपभोग्य बस्तु रोकिँदा नेपाललाई कस्तो असर पर्छ भन्ने कुरा भारतले बुझोस’, मन्त्री अधिकारीले राजदूत रेलाई भने ।

परराष्ट्र मन्त्रालयमा अपरान्ह ३ बजे देखि पौने ४ बजेसम्म भएको भेटका क्रममा मन्त्री अधिकारीले सीमामा रोकिएका तेल र उपभोग्य सामान नेपाल प्रवेशका लागि सहज वातावरण बनाउने पहल थाल्न पनि राजदूत रेलाई आग्रह गरेका थिए ।

मन्त्रालयले भारतीय राजदूत रेसँग स्पष्टीकरण लिनुअघि रेले एमाले अध्यक्ष केपी ‍‌ ‍‍अ‍ाेली र माधवकुमार नेपालसँग अलगअलग भेटवार्ता गरेका थिए। ‍‍अ‍ाेलीसँग सिंहदरबारमा भेटेका थिए भने नेपाललाई निवासमै भेटेका थिए।

दुवैसँगको भेटमा मधेस आन्दोलन, नाकामा भइरहेको अवरोधलगायतका विषयमा छलफल भएको थियो।
भारत- ‘नाकामा अवरोध हाम्रो कारण होइन’
यसअघि, भारतले नेपाल -भारत बीचको नाकाहरुमा भइरहेको अवरोधमा भारतको कुनै हात नरहेको स्पष्ट पारेको छ।

काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार चौथो पटक जारी गरेको विज्ञप्तीमा नेपाल भारतबीचको सिमामा भारतीय पक्षबाट कुनै अवरोध नगरिएको उल्लेख छ। नेपाल भारत नाकाका विभिन्न् ठाँउमा ढुवानीमा भइरहेको समस्या तथा अवरोध भारत नीति अनुरुप नभएको उसले स्पष्ट गरेको छ।असन्तुष्ट नेपाली पक्षको प्रदर्शन र आन्दोलनका कारण यस्तो अवस्था आएको उसले बताएको छ।