नेपाली युवतीहरुलाई खाडी र अफ्रिकी मुलुकमा बेच्ने गिरोह पक्राउ

नेपाली युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी अफ्रिकी मुलुक तान्जानिया, केन्या, युएई, बहराईन, मेलशिया , युगान्डा, ओमान लगायतका मुलुकहरुमा बेचबिखन तथा ओसार पसार गर्ने कार्यमा संलग्न रहेका ७ जनालाई काठमाडौ र ललितपुरका विभिन्न स्थानहरुबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर ईमाडोल–६ घर घई काठमाडौ–१४ कलंकी बस्ने ३४ बर्षिय राजन भन्ने राजेन्द्र सुवेदी खत्री, काठमाडौ–७ वटु घर भई काठमाडौ मैतिदेवी तथा कालोपुल बस्ने ३७ बर्षीय सविन श्रेष्ठ भन्ने सविन राजा मानन्धर, भारत नयाँ दिल्ली घर भएका २७ बर्षीय रियान भन्ने तरुण रोजना खनगवाल रहेका छन् ।
यस्तै काठमाडौ ईचङगु–६ ठूलो र्भयाङ्ग बस्ने ३२ बर्षीय ललित राज सिंह सुवाल, मोरङ्ग विराटनगर–७ घर भई ललितपुर एकान्तकुना बस्ने ३२ बर्षीय सुनिल अधिकारी, संखुवासभा आखीभई–८ घर भई काठमाडौ सिनामंगल बस्ने ३४ बर्षीय केदार बहादुर खड्का र धनकुटा आखीसल्ला–६ घर भई काठमाडौ मैतिदेवी बस्ने ३४ बर्षीय नविन दाहाल रहेका छन् ।

dance bar girlप्रहरीले सविन राजा मानन्धरको घरबाट ८ लाख ५४ हजार ५ सय रुपैया, दुबई, केन्या, तान्जानिया लगायतका देशहरुबाट विभिन्न रेमिटेन्स मार्फत पठाएको नगद ७० लाख ५० हजारको रिसिप्ट विलहरु बरामद गरेको छ ।

यस्तै, राजेन्द्र सुवेदीबाट ८० हजार र अमेरिकी डलर १ सय को १ थान , सुनिल अधिकारीबाट ९९ हजार र अमेरिकी डलर १ सय को १ थान, विभिन्न युवतीहरुको राहदानी २४ थान र नागरिकता १२ थान र विभिन्न बिद्युतिय संचार माध्यमहरु मार्फत तस्करीको कारोबर गर्न आदान प्रदान भएका फोटोहरु, पासपोर्ट, ई टिकेट, ई भिसा लगायतका समानहरु बरामद गरेको छ ।

उनीहरुलाई आज मंगलवार नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको छ ।