Jul 192015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

bhaban bhatta NRNAशेष घलेपछि अध्यक्ष बन्ने चर्चा गरिँदै आएका उपाध्यक्ष भवन भट्टले घले कै निरन्तरताको पक्षमा बोलेका छन् ।  गैरआवासिय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद्का (एनआरएनए आइ सी सी) उपाध्यक्ष भवन भट्टले आउँदो दुई वर्षको कार्यकाल समेत वर्तमान अध्यक्ष शेष घलेलाई नै सम्हाल्न आग्रह गरेका हुन्। यूरोप र उत्तर अमेरिका भ्रमण क्रममा उपाध्यक्ष भट्टले क्यानडाको टोरोन्टोमा बुधवार आयोजना गरिएको एक कार्यक्रममा बताए ।

एनआरएनए क्यानडाले उनको स्वागतार्थ आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले अब आउने एनआरएनको नेतृत्व कसले लिने भन्ने जिज्ञासामा वर्तमान अध्यक्ष घलेको विकल्प नभएको बताए। उनले भने -आउदो दुई वर्ष महाभुकम्पले क्ष्यत विक्षत भएको देशलाई पुर्नःनिर्माण गर्ने समय हो। यसका लागि सक्षम र प्रभावकारी नेतृत्वका लागि शेष घले नै हो। मेरो व्यक्तिगत र बर्तमान कार्य समितिले उहालाई आग्रह गरेका छौ ।

 Leave a Reply

(required)

(required)


*