साथी कै फेसबुक ह्याक गर्ने श्रेष्ठ प्रहरी फन्दामा

साथी कै फेसबुक ह्याक गरी दुःख दिने अरविन्द श्रेष्ठ प्रहरीको फन्दामा परेका छन् ।
आफ्नै महिला साथीको फेसबुक ह्याक गरी मानसिक दुःख दिएको आरोप प्रमाणित भएपछि, रामेछाप जिल्ला साँघुटार– १ वस्ने २७ वर्षीय जीवन भनिने अरविन्द श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
Facebook-Hackललितपुर उपमहानगरपालिका ग्वार्काेमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलिले पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक कारवाही चलाएको जनाएको छ ।
श्रेष्ठले आफ्नै महिला साथीको फेसबुक ह्याक गरी विभिन्न अश्लील तस्बिरहरू युवतीका आफन्तलाई पोष्ट गरी धम्कीपूर्ण सन्देशसमेत पठाएको आरोप छ ।