ब्रसेल्स, एन्टवर्प र लिएजको ट्रेन स्टेसनमा सुरक्षा जाँच हुने

अबदेखि ब्रसेल्स मिडी, एन्टवर्प सेन्ट्रल र लिएजको ट्रेन स्टेसनमा यात्रुहरूको सुरक्षा जाँच हुने भएको छ ।

यसनिम्ति मेटल डिटेक्टर र ब्यागेज स्कानर जडान गरिएका छन् र यात्रुहरूलार्इ छड्के जाँच गरिने बताइएको छ । यी ट्रेन स्टेसनहरू अन्तर्राष्ट्रिय सेवासँग जोडिएका छन् ।

यस कदमलार्इ एनभेआका अध्यक्ष तथा एन्टवर्प नगरका मेयर बार्त द वेभरले सामान्य मापदण्ड बताएका छन् । उनले भने- ‘एयरपोर्टमा जडान हुने सुरक्षा संयन्त्र अन्तर्राष्ट्रिय ट्रेन स्टेसनमा राखिनु सामान्य कुरा मात्र होइन, यस्तो पहिल्यै गरिनु पर्थ्यो ।’

पछिल्ला केही वर्षहरूमा आतकंकारी हमलाहरू भएपछि बेल्जियममा सुरक्षा सतर्कता बढाउँदै लगिएको छ ।