उदयपुरमा सुतेको बेला हात्तीको आक्रमणले मृत्यु

हात्तीको आक्रमणबाट उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ ।

कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले हिजो बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर बाहिर खाटमा सुतिरहेका मगरलाई बिहान ४ बजे आएको जोडी हात्तीले ओछ्यान मै आक्रमण गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले बताएको छ ।

मृत मगरको शव परीक्षणका लागि सुनसरी स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।