Nov 212015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्तीको अवसरमा विशालनगर पुस्तकालयले आयोजना गरेको Laxmi-Prasad-Devkotaकार्यक्रममा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाको घरलाई परिवारले सहमति दिएमा सङ्ग्रहालय बनाउन सरकारलाई प्रस्ताव गरिने बताएका छन ।

वरिष्ठ साहित्यकार रोचक घिमिरेले देवकोटाको निवासस्थललाई सङ्ग्रहालय बनाउने भनिएको भए पनि सरकारले आवश्यक चासो देखाउन नसकेकाले काम सुरु हुन नसकेको बताए । पुस्तकालयका अध्यक्ष सुनिल कर्माचार्य, पूर्वअध्यक्ष गणेश श्रेष्ठ, पूर्वउपाध्यक्ष उत्तम शर्मालगायतले महाकविको योगदानलाई नयाँ पुस्तामा स्मरण गराउनका लागि सरकारले उहाँको नाममा अध्ययन तथा अनुसन्धान गर्ने ट्रस्ट स्थापना गर्नुपर्नेमा जोड दिए ।

शनिवार भएको कार्यक्रममा करिब ६० कविले भारतले थोपरेको नाकाबन्दीको खुलेर विरोध गर्दै कविता वाचन गरेका थिए ।
विशाननगर पुस्तकालयले आयोजना गरेको उक्त कार्यक्रममा बेञ्जु शर्मा, कोषराज न्यौपाने, रामबहादुर पहाडी, विजयध्वज थापा, ज्ञानुवाकर पौडेल, सुमी लोहनी, मनोज न्यौपाने, प्रभा भट्टराई, लगायत कविले कविता वाचन गरेका थिए ।

 Leave a Reply

(required)

(required)


*