अनेसास डि.सी. मा खनाल

नेपाली साहित्यकारहरुको अन्तराष्ट्रिय संगठन “अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो” को अध्यक्षमा साहित्यकार, लोक तथा दोहोरी गायक एवम पत्रकार रामप्रसाद खनाल निर्बाचित हुनु भएको छ । समाजको उपाध्यक्षमा साहित्यकारहरु क्रमश: अरुण रुपाखेती, बिमला निरौला र भुप नारायण घर्ति मगर, महासचिबमा रामप्रसाद अधिकारी, सचिबमा परशु तिमील्सिना, कोषाध्यक्षमा पुस्कर पन्त, कम्युनिकेशन डाइरेक्टरमा पत्रकार विश्वराज थापा निर्बाचित हुनुभएको छ।

त्यसै गरी कार्य समितिका सदस्यहरुमा साहित्यकारहरु रजनी श्रेष्ठ, शुभद्रा अधिकारी, अम्बिका गुरुङ,मोहन बस्ताकोटी, रबिन्द्र श्रेष्ठ, अनिल खनाल, पुस्पा घिमिरे निर्बाचित हुनुभएको छ ।