ब्रसेल्समा पनि मनाइयो संविधान दिवस

nepal embassy brusselsनेपालको संविधान जारी भएको पहिलो वार्षिक अवसरमा ब्रसेल्सस्थित नेपाली दूतावासको आयोजनामा एक विशेष कार्यक्रम गत मंगलवार ब्रसेल्समा सम्पन्न भएको छ ।

कार्यक्रममा बेल्जियन विदेश मन्त्रालयका अधिकारीहरू, युरोपियन कमिसनका अधिकारीहरू, विभिन्न देशका राजदूतहरू लगायत बेनेलक्स क्षेत्रमा रहेका नेपालीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा ब्रसेल्सस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत घनश्याम भण्डारी र बेल्जियन विदेश मन्त्रालयका दक्षिण एशिया डिभिजन प्रमुख पिटर क्लाएसले नेपालको संविधानको महत्तामाथि प्रकाश पारेका थिए ।