Apr 192015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

हत्याको योजना बनाउने चार जनालाईचितवन प्रहरीले दुईवटा पेस्तोल र एउटा चक्कुसहित पक्राउ गरेको छ । उनीहरुले म्यानपावर व्यवसायीको हत्या गर्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले हतियारसहित पक्राउ गर्न सफल भएको हो ।

वैदेशिक रोजगारमा भएको लेनदेनको सम्बन्धमा विवाद भएपछि तीन जना युवा व्यवसायीको हत्या गर्ने योजना बनाएर नारायणगढ आएको चितवन प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनीहरुले बताए ।

Picture-weapensपक्राउ पर्नेमा नवलपरासी, कोटथर–३ का २२ वर्षिया मीनबहादुर राना, सिन्धुपाल्चोक मेलम्चीका १९ वर्षिया ‘आश’ भनिने प्रेम तामाङ, रोल्पाका २६ वर्षिया  प्रेम रोक्कामगर , दाङ तुलसीपुरका ३० वर्षिया  विशाल घर्तीमगर र मोरङ हसन्दह ४ बस्ने वर्ष २१ का मयंक शाह रहेका छन् । उनीहरुलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्धा दर्ता गरिएको छ ।

नारायणी नदी किनारमा उनीहरु हतियारसहित पक्राउ परेका हुन् । एक थान कटुवा पेस्तोल, एक थान रिभल्भर र चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कावासोतीमा म्यानपावर सञ्चालन गरी बसेका व्यवसायीलाई उनीहरुले बिहीबार नै हत्या गर्ने योजना बनाएका थिए । तर, व्यवसायी बिहीबार नआएपछि पूनः गत शुक्रबार बेलुकी नारायणगढमा भेट्न युवाहरुले डाकेका थिए ।

बेलुकी ७ बजेको समयमा भेट्ने उनीहरुको सहमति बनेको थियो । कावासोतीका व्यवसायीको हत्या र चितवनका एक व्यवसायीलाई अपहरण्ँ गरी मोटो रकम असुल गर्ने योजना उनीहरुले बनाएको खुलेको छ । व्यवसायी हत्या गर्ने योजना २ घण्टाअघि नै चितवन प्रहरीले विफल पारिदियो ।

 Leave a Reply

(required)

(required)


*