राजनीति

Mar 232017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुले ठेक्कापट्टा र कमाइ धन्दाको पेशा राजनीति बनाएकाले नै नेपालको आज यस्तो अबस्था भएको बताएका छन्। माओवादी केन्द्रका अन्तराष्ट्रिय ब्युरो प्रमुख समेत रहेका नेता श्रेष्ठले युरोप भ्रमणको क्रममा एक अन्तरबार्ताको क्रममा यस्तो बताएका हुन्।

narayankaji with basantaउनले भने,” ठेक्कापट्टा, बन्द ब्यापार, उद्योग धन्दा, पेशा वा कमाइ धन्दा ठानेर तपाई राजनीतिमा आउनुभएको हो कि जनताको सेवाका लागि साधान र माध्यमका रुपमा समर्पित भएर राजनीतिमा आउनुभएको हो ? यो प्रश्न धेरै गम्भिर छ।  नेपालमा सबै दलहरुमा यस्तै नराम्रो गतिबिधि मौलाएको हुँदा मुलुकले प्रगती गर्न सकेको छैन।”

उनले कुनै पनि हालतमा बैशाख ३१ गते स्थानीय चुनाव र २०७४ माघ महिना भित्र तीनवटै चुनाव सरकारले सम्पन्न गरी छाड्ने बताए। असन्तुष्ठ मधेशी मोर्चालाई चुनावमा ल्याउँन अन्तिम समयसम्म पनि प्रयास गर्ने तर कदमकदाचित मोर्चाले भाग नलिए पनि सरकारले निर्बाचन गरी छाड्ने दाबी गरे।

श्रेष्ठले भने,” चुनाव गर्ने बारे कुनै दुबिधा नै छैन, दुबिधा राख्नु भनेको चाहिँ चुनाव नहुने खतरा पैदा गर्नु हो, त्यो भनेको देशमा संबैधानिक संकट उत्पन्न गर्नु हो।र संवैधानिक संकट उत्पन्न गर्नु भनेको, अहिलेका सबै उपलब्धिहरु गुम्ने खतराको घण्टी बजाउनु हो।”

पछिल्लो क्रममा झन् मुलुकमा बाह्य हस्तक्षेप बढेको भन्दै,भारतीय सशस्त्र सीमा बलको गोली लागेर कञ्चनपुरमा नेपाली युवाको मृत्यु भएको घटनालाई उनले हस्तक्षेपकारी र नेपालीलाई अपमूल्यन गरिएको घटना भनेका छन्। उनले घटना पछि तत्काल नेपाल सरकारले लिनु पर्ने अडान बारे चर्चा गर्दै भने,”प्रारम्भमा सरकारको प्रतिक्रिया जुन ढंगले आउनुपर्थ्यो, त्यो ढंगले आएन भन्ने जनतामा गुनासो छ, त्यसलाई अन्यथा लिनु हुँदैन। तर, पछि सरकारले त्यसलाई सच्चाएको छ।”

श्रेष्ठले घटनापछि तीन वटा कुरामा भारत स्पष्ट हुनुपर्ने पनि बताए।  यो बारे चर्चा गर्दै भने, “ पहिलो कुरा भारत सरकारलेमाफी माग्नुपर्छ,दोस्रो जसले गोली चलायो, त्यसलाई भारत सरकारले कारबाही गरेर नेपाललाई जानकारी दिनुपर्छ। र तेस्रो सहिदको परिबारलाई भारत सरकारले भरणपोषणका लागि आर्थिक सहयोगको घोषणा गर्नुपर्छ।” माओबादी केन्द्रका उच्च तहका नेता श्रेष्ठले मुलुकको पछिल्लो क्रमको बारेमा खुलेर चर्चा गरेका छन्।

पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पत्रकार बसन्त रानाभाटले लिएको पुरा अन्तरबार्ता:

Feb 252017
 
जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटाको उम्मेदवारी घोषणा

नेपाली जनसम्पर्क समिति बेल्जिययमको आसन्न चौथो अधिवेशनले चयन गर्ने अध्यक्ष पदको निम्ति  सीता सापकोटाले उम्मेदवारी घोषणा गर्नु भएको छ । सापकोटाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्नो  योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष [ थप …]

Feb 252017
 
सशस्त्र समूह र विप्लव माओवादी नै चुनावमा सुरक्षा खतरा

आगामी स्थानीय तहको निर्वाचनमा तराई मधेसका सशस्त्र समूह, सीके राउत, मधेसी मोर्चाको आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि सुरक्षाका लागि ‘थ्रेट’ रहेको सुरक्षा अधिकारीले बताएका छन् । निर्वाचन आयोगले निर्वाचन सुरक्षाबारे चारवटै [ थप …]

Jan 122017
 
www.youtube.com/watch?v=7vrju5IKpQg

मधेशबादी दलहरुको माग पुरा गर्न अगाडी सारिएको संविधान संशोधन ( पाँच नम्बर प्रदेश टुक्राउनेगरी आएको विधेयक ) विरुद्ध आन्दोलन गरिरहेका अर्घाखाँचीवासीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेतामाथि आक्रोस पोखेका छन्  । सदरमुकाम सन्धीखर्कस्थित टुँडिखेलमा विहिवार आयोजित अर्घाखाँची महोत्सवमामा [ थप …]

Jan 122017
 

मधेशबादी दलहरुको माग पुरा गर्न अगाडी सारिएको संविधान संशोधन ( पाँच नम्बर प्रदेश टुक्राउनेगरी आएको विधेयक ) विरुद्ध आन्दोलन गरिरहेका अर्घाखाँचीवासीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेतामाथि आक्रोस पोखेका छन्  । सदरमुकाम सन्धीखर्कस्थित टुँडिखेलमा विहिवार आयोजित अर्घाखाँची महोत्सवमामा [ थप …]

Jan 092017
 

वैदेशिक रोजगारीका क्रममा खाडीलगायत मुलुकमा ठूलो सङ्ख्यामा रहेका नेपालीलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा भइरहेको मतदातासम्बन्धी विधेयकमाथिको दफबार छलफलमा भाग लिने सांसदले उक्त कुरा उठाएका [ थप …]

Dec 312016
 
जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

सर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने यसअघिको फैसलालाई सदर गरेको छ । सर्वाेच्चका न्यायाधीशहरू दीपककुमार कार्की, विश्वभर श्रेष्ठ र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै यसअघिको फैसला सदर गरेको हो [ थप …]

Dec 262016
 
जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन सम्पन्न

कांग्रेसको भात्रृसंगठन नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन शनिवार नर्वेको ओस्लोमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनले जीतेन्द्रबिक्रम शाहीको  नेतृत्वमा २३ सदस्यीय  समिति चयन गरेको छ [ थप …]

Dec 252016
 
पूर्वराजा ज्ञानेन्द्रले निहुँ खोजे सरकारले सुरक्षा नियन्त्रणमा लिने चेतावनी

सत्तारूढ नेकपा माओवादीका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य शक्तिको आडमा चलखेल गर्न खोजेको आरोप लगाएका छन्। उनले गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्न खोजे सरकारले पूर्व राजा ज्ञानेन्द्रलाई नियन्त्रणमा लिने चेतावानी समेत [ थप …]

Dec 082016
 
किन संविधानमा संसाेधन? सर्वाेच्चले माग्याे कारण

सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा [ थप …]

Nov 252016
 
संविधान संशोधन हाेइन कार्यान्वयन

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन् । प्रेस चौतारी नेपाल, गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको  उद्घाटन गर्दै नेता ज्ञवालीले ‘अहिलेको आवश्यकता संशोधन नभई [ थप …]

Nov 212016
 
राप्रपा र राप्रपा नेपाल एकीकृत, हिन्दु धर्मकाे एजेण्डा नछाड्ने

मुलुकको राजनीतिमा अनुभवी र पञ्चायती पृष्ठभूमि बोकेकाहरुका राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज औपचारिक एकीकरण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका [ थप …]

Nov 092016
 
ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित

अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प निर्वाचित भएका छन्। उनको जितलाई धेरैले आश्चर्यको रुपमा हेरेका छन्। ४५ वटा राज्यको परिणाम प्रष्ट भइसक्दा ट्रम्पले जितका लागि आवश्यक २७० इलेक्टोरल मतभन्दा बढी मत प्राप्त गरेका छन्। [ थप …]

Nov 082016
 

अमेरिकामा मंगलबार राष्ट्रपतीय चुनावमा कुन कुन राज्य महत्वपूर्ण हुनेछन्, अहिलेसम्म त्यो धेरै हदसम्म थाहा भइसकेको छ। पछिल्ला केही चुनावमा झैं यसवर्षमा फ्लोरिडा, ओहायो र पेन्सिलभेनियामा केन्द्रित हुनेछन् किनकि भावी राष्ट्रपतिको अनुमान गर्नमा यी राज्यको भूमिका [ थप …]

Nov 032016
 
भूटानी शरणर्थीबारे गम्भीर हुन मुखर्जीलाई आग्रह

पूर्वी नेपालमा करिब दूइ दशक अघिदेखि शरणार्थी जीबनयापन गर्दै आएका भूटानी शरणार्थीहरूले नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जिलाई आफूहरूको समस्याको बिषयमा गम्भिर भएर लागिदिनका लागि आग्रह गरेकाछन् । आफूहरुलाई भारतको बाटो हँुदै नेपाल [ थप …]