कोरोना: नेपालले युरोपबाट सिक्नुपर्ने शैली

हामी विश्व इतिहासको अनौठा दिनहरू गुजार्दै छौं । हाम्रै छिमेकी देश चिनबाट महामारी शुरू भएर पूर्वी एशिया, युरोप हुँदै अमेरिका पुगिसकेको कोरोना नामको भुँवरी दक्षिण एशियामा फर्केको छ । यसको ताण्डव नृत्य कस्तो हुने हो ? कसरी पार लाग्ने हो ? हामीलाई केही थाहा छैन । यसको तात्कालिक वा दीर्घकालिन असरका बारेमा अन्दाज गर्नु अन्धोले हात्ती छाम्ने कथन जस्तै कुहिरोमय…

Comments Off on कोरोना: नेपालले युरोपबाट सिक्नुपर्ने शैली

नेपालबारे जवाहरलाल नेहरुका धारणा

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतको नेपालनीतिको जग स्थापना गरेकाले नेपालप्रतिको भारतको दृष्टिकोण बुझ्नुअघि नेहरुको नेपालसम्बन्धी धारणा बुझ्न आवश्यक छ । ग्लिम्सेज अफ वल्र्ड हिस्ट्र, डिस्कभरी अफ इन्डियालगायत आफ्ना किताबमा उनले नेपालबारे उल्लेख गरेका छन् । यसबाहेक विभिन्न अवसरमा उनले गरेका भाषण र नेपालका नेतालाई उनले भारतीय प्रधानमन्त्री अथवा मित्रको हैसियतले लेखेको पत्रबाट नेपालप्रतिको उनको दृष्टिकोण बुझ्न सहायक हुन्छ ।…

Comments Off on नेपालबारे जवाहरलाल नेहरुका धारणा

एनआरएन संघको ब्यापारी नेतृत्वले ‘विज्ञ’ सम्मेलन गर्ने

नेपालमा रहेका विज्ञहरुसँग गैरआवासीय नेपाली विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुको अन्तरकृया गराउने उद्देश्यले गैरआवासीय नेपाली संघले आगामी अक्टोवर १२ र १३ मा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने भएको छ । संघले हिजो शुक्रवार काठमाडौंमा आयोजना गरेको एक पत्रकार पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी…

Comments Off on एनआरएन संघको ब्यापारी नेतृत्वले ‘विज्ञ’ सम्मेलन गर्ने

एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग

चुनावको मुखमा एनआरएन संघको विवाद: गैरआवासीय नेपाली (एनआरएन) संघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएन संघ अमेरिकामा ह्वारह्वार्ती फैलिएको विवादले केन्द्रीय नेतृत्वलाई नराम्ररी फँसाएको छ । यो विवादमा केन्द्रीय अध्यक्ष र महासचिव राम्रैसँग टकराएपछि विश्वभरका एनआरएनकर्मीहरूमा पक्ष-विपक्षमा ध्रुविकरण हुन थालेको छ र यसले सन्निकट निर्वाचनमा थप मलजल पाउने र एनआरएन अभियानलाई बदनाम गराउने आशंका बढेको छ । संघका अध्यक्ष शेष घले र महासचिव…

Comments Off on एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग

एन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास

- डा. विनय श्रेष्ठ नेपालको नयाँ संविधानले राजनीतिक अधिकार बिनाको भए पनि गैर-आवासीय नेपाली नागरिकताको अधिकार प्रत्याभूत गरेपछि गैर-आवासीय नेपालीहरुले यसलाई एक आंशिक सफलताको रुपमा ग्रहण गर्दै खुशीले दंग परेका थिए। तर हालका केही घटनाले तिनको उल्लासमा चिसो पानी छ्यापेको छ । नेपालको संविधान २०७२ कार्यान्वयनपश्चात् आफ्नो मातृभूमि जान प्रवेशाज्ञा लिई राख्नु पर्ने झन्झटबाट मुक्त भइने र आफूले गरिआएको पेशा…

Comments Off on एन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास

बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए । उनले प्रवासमा राजनीतिको चर्चा भन्दा…

Comments Off on बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

बुद्धसम्बन्धी चिर्नुपर्ने भ्रम

गौतम बुद्धको २५६०औँ जयन्तीका अवसरमा यही वैशाख पूर्णिमा (जेठ ८ गते) बुद्धसम्बन्धी भ्रमलाई चिर्नका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र लुम्बिनीमा समारोह आयोजना गरिएको छ । यसअघि पनि बुद्धसम्बन्धी सम्मेलन गरिँदै आएकोमा यसचोटी भने मुलुककै कार्यकारी (प्रधानमन्त्री) को नेतृत्वमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरी विश्वका विशिष्ट व्यक्तिलाई आमन्त्रित गरियो । बुद्धसम्बन्धी प्रचार कम भएको, छिमेकीबाट गलत प्रचार भएको तथा लुम्बिनीसम्बन्धी…

Comments Off on बुद्धसम्बन्धी चिर्नुपर्ने भ्रम

बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

-डिल्ली राम अंमाई   विश्वभरि नै २५६०औँ बुद्ध–जयन्ती सन्निकट पुगेर हेर्दा  देशभित्र र बाहिरका नेपालीले बुद्धको जन्मसँग जोडिएको स्थानबारे भारतले फिँजाएको भ्रमको डेटर सामना गरिरहेका छन । उनीहरूले सामाजिक सञ्जालदेखि सडक कार्यक्रमका ब्यानरसम्ममा बुद्ध नेपालको लुम्बिनीमै जन्मिएको प्रचारलाई व्यापक बनाइरहेका छन । बुद्ध भारतमा जन्मिएको भ्रमपूर्ण प्रचारबाजीबाट आहत नेपाली जनताको प्रतिरोधको आफ्नै विशिष्ट महत्वको छ।  निरर्थक विवाद बुद्धको जन्मस्थानलाई विवादास्पद बनाउने…

Comments Off on बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?

- डा. विनय श्रेष्ठ पछिल्लो एक दशकमा युरोपमा नेपाली संघ-संस्थाहरुको स्थापना र गतिविधिहरू ह्वात्तै बढेको छ। समाज सेवाको भावले ओतप्रोत भएर खोलिएका यस्ता थुप्रै संस्थाहरू प्रकृयागत रूपमा चुस्त र आशातीत रूपमा परिणाममुखि हुन सकेका छैनन्। घरदेशबाटै आएको सरूवा रोगले प्रवासी नेपालीहरूको संस्थामा बारम्बार किचलो र विवाद हुने गरेका पाइन्छन्। संस्थामा लागेकाहरूमा सेवाको भाव त हुन्छ, समय र पैसा पनि खर्च…

Comments Off on प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?

असल बुहारी कि दाइजो ?

माघ महिना, विवाहको साइत जुर्ने लगनको महिना । धेरै जोडी यो महिनामा विवाह बन्धनमा बाधिँदै छन् । विवाह बन्धनमा बाँधिएका र बाँधिन चाहनेको मनमा कुत्कुती हुन्छ– आफ्नी जीवनसाथीको कुल घरान, सस्कार, योग्यता, चालचलन, कस्तो होला ? आफूले चाहेको जस्तै भए त परिवारमा समस्या नआउला तर परिवारको चाहना विपरीत भइदिए कसरी घरपरिवार मिलाउने ? कसरी श्रीमतीको मन राख्ने ? समाजमा कसरी…

Comments Off on असल बुहारी कि दाइजो ?

मस्यौदा,दिल्ली र करण सिंह

 संविधानसभाले दिशा र प्रतिबद्धताविहीन मस्यौदा पारित गरी ‘जनमत’ संकलन गर्ने तयारी गरिरहेको छ। 'जनमत' संकलन १५ दिनभित्र आँखामा छारो हाल्ने अर्को कामबाहेक केही साबित हुने छैन।  तर, यसबीच तीन÷चारवटा घटनाक्रमले नेपाली राजनीतिलाई प्रभावित गर्नेछ, यद्यपि त्यसले समाधान देला भन्‍न सकिन्‍न।नेपालमा राष्ट्रसंघ र पश्चिमा मुलुक एकातिर र नेपालको राजनीतिमा अत्यन्तै प्रभाव राख्दै आएको भारतबीच सोह्रबुँदेपछि केही फरक मत देखा परेको छ।…

Comments Off on मस्यौदा,दिल्ली र करण सिंह

ईपर स्मारकलाई सबैको बनाउन पनि सकिन्छ

“When you come to the end of your rope, tie a knot and hang on.”—Franklin D. Roosevelt अर्थात 'डोरिको अन्त्यमा आइपुगे पछि त्यसलाई गाँठो पार अनि झुन्ड्याउ'। ता कि बन्धनको डोरिको पोयो नफुकोस र आफु पछिकाले सजिलै सम्हाल्न सकोस् । वास्तबमा जीवनको गोरेटोमा आउने सबै खाले चुनौती र अबसरलाई ब्यक्तिगत वा संस्थागत के हो राम्ररी केलाएर आत्मासाथ गर्दै छिनोफानो गर्न…

Comments Off on ईपर स्मारकलाई सबैको बनाउन पनि सकिन्छ

मित्रताको रहस्य

एक पाश्चात्य लेखकले भनेका थिए मित्रता धन जस्तै हो जसलाई सजिलै कमाउन त सकिन्छ तर निरन्तर सुरक्षित राख्न कठिन छ| जव प्रशन्नताको वातावरण हुन्छ, त्यस समय मित्र बन्दै जान्छन, तर समस्या वा पीडाको समयमा हुदैनन्| मानौ कुनै यस्ता व्यक्ति संग मित्रता बनाउनु पानीमा रेखा खिच्नु जस्तै हो | यस्तो मित्रता निरर्थक वा क्षणभंगुर हुन्छ| अज्ञानी र स्वार्थीको मित्रता खतरनाक हुन्छ|…

Comments Off on मित्रताको रहस्य

आङसाङ सुकीसहित काठमाडौँमा ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ बारे विमर्श

विपी चिन्तन प्रतिष्ठानको आयोजनामा प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् प्रजातान्त्रिक आन्दोलनका योद्धा जननायक विपी कोइरालाको जन्म शताब्दिका अवसरमा आयोजित सो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो कार्यक्रममा म्यान्माकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा प्रमुख…

Comments Off on आङसाङ सुकीसहित काठमाडौँमा ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ बारे विमर्श

मदन भण्डारी हुरी बतास भएर आए, त्यसरी नै गए

(सन्दर्भ मदन भण्डारी स्मृति दिवश ) "जनताको राजनीतिमा थकाइ भन्ने हुन्न प्रतिक्रयाबादीहरुले यदि हाम्रो शांतिपूर्ण आन्दोलनलाई दबाउन खोजे भने हामी जनताको हातमा पनि दही जमेर बसेको छैन । प्रतिक्रियाबादी शक्तिहरुमा हामी बिरुद्द उत्रे भने हामी जनताका हातहरु पनि बांस का ठुटा होइनन हामी पनि प्रतिकार गर्छौ ।" "हात्ति हिडदै गर्छ कुकुर भुक्तै गर्छ, काग करौन्दै जान्छ पिना सुक्दै जान्छ हाम्रो…

Comments Off on मदन भण्डारी हुरी बतास भएर आए, त्यसरी नै गए