गफगाफ

Feb 142016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

वृष : वृष राशिका मानिस उत्तम श्रेणीका प्रेमी मानिन्छन् । प्रेममा चाँडै पर्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूमा भावुकता पनि बढी हुन्छ । प्रेमिका अथवा जीवनसाथीलाई उनीहरू अधिक माया गर्छन् । दिगो सम्बन्धमा उनीहरूको विश्वास हुन्छ । यिनीहरूको दाम्पत्य जीवन सुखमय हुन्छ ।

मिथुन : मिथुन राशि भएका मानिस जीवनमा धेरैसँग प्रेममा पर्छन् । उनीहरूले बहुविवाह गर्ने सम्भावना बढी हुन्छ । विपरीतलिंगीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । अरूको मनसँग खेल्ने उनीहरूको स्वभाव हुन्छ । विवाहलाई त्यति महत्त्व दिँदैनन् र विवाहेत्तर सम्बन्धमा रुचि राख्छन् । उनीहरूको मन चञ्चल हुन्छ ।

कर्कट : कर्कट राशि भएका मानिस ‘मुडी’ हुन्छन् । तर, प्रेम सम्बन्धप्रति भने इमानदार हुन्छन् र इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्छन् । परिवारको हस्तक्षेपका कारण उनीहरूको प्रेम र वैवाहिक जीवनमा बारम्बार समस्या आउने गर्छ । प्रेमी अथवा प्रेमिकाको भावनालाई उनीहरू सम्मान गर्छन् । बिहेपछिको उनीहरूको जीवन सुखमय हुन्छ । अहं मौकामा प्रेमसम्बन्धी निर्णय लिने क्षमता उनीहरूमा कमजोर हुन्छ ।

सिंह : सिंह राशि भएकाहरूको बोली असाध्यै मीठो हुन्छ । स्त्रीलाई आकर्षित गर्न सिंह राशि भएका पुरुषले आफ्नो बोलीलाई हतियार बनाउँछन् । उनीहरू उदार विचारका हुन्छन् । उनीहरूको प्रेम अक्सर सफल हुन्छ । सिंह राशि भएका मानिस आदर्श प्रेमी हुन्छन् । जीवनसाथी अथवा प्रेमी–प्रेमिकाप्रति उनीहरू इमानदार हुन्छन् ।
कन्या : कन्या राशि भएका मानिस ‘महान् प्रेमी’ बन्न सक्दैनन्, तर ‘असल प्रेमी’ भने बन्न सक्छन् । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । विपरीतलिंगीलाई आकर्षित गर्न उनीहरू खप्पिस हुन्छन् । परिवार र श्रीमतीप्रति निष्ठावान् भएकाले उनीहरूको वैवाहिक जीवन बलियो हुन्छ । प्रेममा शारीरिक सुखलाई मात्र प्राथमिकता नदिने उनीहरूको स्वभाव हुन्छ ।

तुला : तुला राशि भएकाहरू महान् प्रेमीको श्रेणीमा पर्छन् । उनीहरूले प्रेमको गहिराइ बुझेका हुन्छन् । एक्लै रहन मन पराउँदैनन् । दु:ख परेका वेला साथीभाइ अथवा प्रेमी–प्रेमिकाबाट साथ खोज्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । प्रेमलाई पवित्र बन्धन मान्ने स्वभाव उनीहरूमा हुन्छ ।

वृश्चिक : वृश्चिक राशि भएका मानिस विवाहअघि आदर्श प्रेमी हुन्छन् । प्रेमका निम्ति जस्तोसुकै त्याग गर्न पनि हमेसा तयार हुन्छन् । उनीहरू प्रेमप्रति पूर्ण इमानदार हुन्छन् । उनीहरूमा ईष्र्याभाव पनि बढी हुन्छ । उनीहरूलाई रोमान्टिक प्रेमीको श्रेणीमा राख्न सकिन्छ ।

धनु : धनु राशि भएका प्रेमी संवेदनशील र हँसिमजाक गर्ने खालका हुन्छन् । असल प्रेमी–प्रेमिका भए पनि लामो समयसम्म सम्बन्ध कायम राख्न भने उनीहरू असमर्थ हुन्छन् । जोडी फेरिरहने उनीहरूको स्वभाव हुन्छ । प्ेरममा धोका पाएलगत्तै उनीहरू तरुुन्तै अर्को प्रेमको जोहो गरिहाल्छन् ।

मकर : मकर राशि भएका मानिस जिद्दी स्वभावका हुन्छन् । यस्तै स्वभावका कारण उनीहरूको प्ेरम जीवनमा बारम्बार समस्या उत्पन्न हुने गर्छ । प्रेमिका अथवा जीवनसाथीलाई अधिक माया गरे पनि जिद्दी स्वभावका कारण उनीहरूको सम्बन्धमा खटपट परिरहन्छ ।

कुम्भ : कुम्भ राशि भएका मानिस बढ्ता भावुक हुन्छन् । दिमागबाट भन्दा बढी मनबाट परिचालित हुन्छन् । ‘मुडी’ हुने भएकाले उनीहरूको प्रेम चिरस्थायी हुँदैन । कुनै अपरिचितसँग पनि उनीहरू नि:स्वार्थ प्रेम गर्न पुग्छन् । जीवनसाथीलाई आँखा चिम्लिएर विश्वास गर्ने स्वभाव उनीहरूमा हुन्छ ।

मीन : मीन राशि भएका प्रेमी बढ्ता भावुक हुन्छन् । विपरीतलिंगीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । मीन राशि भएका मानिसलाई मायामा पार्न सजिलो हुन्छ । उनीहरू अटुट सम्बन्ध कायम राख्न चाहन्छन् । धोका पाउनेमा यिनीहरू नै अगाडि हुन्छन् ।

 नयाँ पत्रिका दैनिकबाट
Jun 192015
 
सर्वाधीक सुन्दर बेबीगर्ल

मिडियाका अनुसार यी हुन् सर्वाधीक सुन्दर बेबीगर्ल । उनको नाम हो – क्रिस्टीना पिमेनोभा । रसियामा जन्मिएकी यी बालिका ४ वर्षको उमेर मै सुपर मोडल बनेकी छन् ।

Jun 122015
 
डान्स बारमा होइन,ल्होसारमा श्रीमतीसँग नाचेको- सञ्चारमन्त्री रिजाल

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले वीस वर्ष पहिला आफ्नी पत्नीसँग नाँच्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । आफूविरुद्ध आएका समाचारबाट दिक्क रिजालले पत्नीसँग नाँचेको तस्बिर गत मंगलबार बिहानै सार्वजनिक [ थप …]

Oct 302014
 
महँगो मोबाइलका शाैखिन गरिब प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले गत वर्ष फागुन २८ गते प्रस्तुत गरेको सम्पति विवरणमा घरजग्गा, सुनचाँदी, सेयर, नगद, ऋण आदि चल, अचल सम्पति केही नभएको, मात्र मोबाइल फोन तीन वटा भएको उल्लेख छ। यही सम्पति विवरणका आधारमा उनलाई [ थप …]

Oct 112014
 
प्रधानमन्त्रीको तस्बिर विवादबारे सल्लाहकार मृदुला कोइराला र प्रेस संयोजक के भन्छन् ?

* मैले कट्टु होइन, स्किन कलरको कट्राइज पाइन्ट लगाएकी थिएँ । * त्यो फोटो प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले खिच्नुभएको हो । * प्रधानमन्त्रीले लुंगी लगाएको अवस्थामा खिचेको फोटो तीन–चार वर्षअघि लन्डन जाँदाको हो ।       [ थप …]

Sep 112014
 
हस्तरेखामा धनी हुनेको लक्षण

हस्तरेखा विज्ञानले मानिसको सबै कुरा हातले निर्धारण गर्ने बताउछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यिनको प्रभाव जीवनभर रहने बताइन्छ । हामी धनी हुने व्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने बिषयमा चर्चा गर्न [ थप …]

Jul 212014
 
पारसलाई ठाउँ छैन  ज्ञानेन्द्र निवासमा

थाइल्यान्ड बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपाल आउने निश्चित भए पनि परिवारमा उनी पुनस्र्थापना हुने सम्भावना अत्यन्त न्यून देखिएको छ। नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्ने अवस्था रहेको बताइएको छ। पारसको [ थप …]

Jul 022014
 
अमिताभ बच्चनले नातिनीलाई  दिए बीएमडब्लु कार उपहार

अमिताभ बच्चनले आफ्नी नातिनी आराध्य बच्चनलाई बीएमडब्लु कार उपहार दिएका छन् |उनले बुधवार नातिनीको जन्म दिनको अवसरमा उपहारको रुपमा उक्त कार दिएका हुन् |आराध्या बच्चन दोश्रो बर्षमा प्रवेश गरेकी छिन |

Jun 202014
 
अमेरिकालाई 'अमिलो अंगुर' भन्नेहरू

‘ताक परे तिवारी नत्र गोतमे’ ! नेपाली समाजमा निकै प्रचलित भनाइ हो यो । प्रसङ्ग अमेरिकामा पलायन भएका केही कलाकर्मीको हो । उता बसुन्जेल अमेरिकालाई मन र मुटुले मान्ने, माया गर्ने अनि दिमाग उतै लगाउनेहरू [ थप …]

May 292014
 
नेपाल र नेपालीको सर्बोपरी हितका लागि केन्द्रित रहनेछौँ : सोम सापकोटा,सह-संयोजक एनआरएन, युरोप

गैर आवासीय नेपाली संघ (एन.आर.एन.) को सातौँ युरोपियन क्षेत्रिय बैठक तथा पाँचौ महिला भेला आगामी जुन ७ र ८ मा स्पेनको बार्सिलोनामा सम्पन हुन गैरहेको छ । भेलाको सरगर्मीसँगै चर्चा परिचर्चा चलिरहेको छ । कुन कुन [ थप …]

May 192014
 
'प्रचारित' रेखा थापाको झगडा छविदेखि राजेश हमालसम्म

रेखा थापाले राजेश हमाललाई ‘असामाजिक’ को संज्ञा दिएपछि उनीहरुबीच बोलचाल बन्द भएको लामो समय भएको नेपाल राष्ट्रिय साप्ताहिकमा छापिएको छ। फिल्ममा पनि सँगै देखिएका छैनन्। रेखालाई कुनै पश्चाताप पनि छैन्। अहिले उनी जंगिदैं भन्छिन् ‘सुटिङ [ थप …]

May 062014
 
आप्रवासीको योगदानले राष्ट्र विकसित हुन्छ भन्ने कुरा मेरो पार्टीले बुझेको छ- बेल्जियन निर्वाचनमा नेपाली महिला उम्मेदवार लीला शर्मा मानन्धर

बेल्जियमको फ्लेमिश पार्टको दोश्रो ठूलो राजनैतिक दल क्रिश्चियन डिमोक्रेटिक पार्टी (CD&V) बाट आसन्न संसदीय निर्वाचनमा फ्लेमिश संसदमा उम्मेदवारी दिनु भएकी नेपाली मूलकी महिला उम्मेदवार श्रीमती लीला शर्मा मानन्धर बेल्जियमको अन्त्वेर्पेंन निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै हुनुहुन्छ| [ थप …]

May 022014
 
नेपालीको सम्मान र हितका निम्ति काम गर्नेछु: खड्कबहादुर केसी, बेल्जियन सँसदका उमेदवार

नेपालको पर्वत जिल्ला घर भै बिगत १६ वर्षदेखि बेल्जियम बसोवास गर्दै आउनुभएका  खड्कबहादुर केसी बेल्जियमको आसन्न संसदीय निर्वाचनमा फ्लेमिश ग्रुन पार्टीबाट निर्वाचन लड्दै हुनुहुन्छ | बेल्जियमको राजनीतिमा चर्चित नेपालीभाषी अनुहार केसी गत स्थानीय निर्वाचनमा समेत [ थप …]

Apr 262014
 
मनिषा कोइराला 'आमा' बन्दै

कुनै बेला बलिवुडमा राज गरेकी नेपाली चेली मनिषा कोइराला ‘आमा’ बन्ने भएकी छिन् । सम्राट दाहालसँग बिबाह गरे पनि छुटै बस्दै आएकी मानिषा कोइराला आमा बन्ने भन्दा अचम्म लाग्ला तर उनि आमा बन्ने कुरा चै [ थप …]