विचार

Jul 132017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

गैरआवासिय नेपाली (एनआरएन) सँघमा अहिले चुनाव लागेको छ । र चुनावले तात्तिएका र रापिएकाहरू केही नारा उरालिरहेका छन् । सबैभन्दा चर्चित नारा बनेको छ- एनआरएन सँघलाई धनी होइन प्रवासीको संस्था बनाउँ, ब्यापारीको होइन गरिखानेको संस्था बनाउँ ।

सँघमा धनीहरूको पकड भयो, सामान्य आम्दानी हुनेहरू पाखा लागे भन्ने चिन्ता चुनावको बेला निकै चुलिन्छ । झट्ट सुन्दा यो चिन्ता आम सदस्यहरूलाई अपिल गर्ने चुम्बकिय कथन जस्तो लाग्छ, तर यो चिन्ताको अन्तर्यमा रहेको मट्याङ्ग्रा, दिलचस्पी र व्यक्तिगत स्वार्थ अर्कै छ । र सच्चाई दुष्कर छ ।

७५ देशमा फैलिएको ठुलो संजाल छ- एनआरएन सँघको । सँघका केन्द्रीय पदाधिकारी ति देशमा पुगुन् र तत् तत् देशको सानाठुला कार्यक्रममा भाग लिउन् भन्ने सबैको अपेक्षा हुन्छ । राष्ट्रिय समितिमा बस्नेसँग क्षेत्रिय समितिको त्यस्तै आशा हुन्छ । एनआरएनका सबै कार्यक्रमहरू चन्दाको भरमा चल्दै आएका छन् । भन्न परेन, खादाको खोलमा चन्दाको अंकको साइज लुकेको हुन्छ । अर्कोतर्फ, अन्तर्राष्ट्रिय र राष्ट्रिय अनेक सभा सम्मेलनमा भाग लिनु त छँदैछ । यो चन्दैचन्दाको चक्र र अनगिन्ती भ्रमणहरूका खर्चपर्च आफैले गर्नुपर्ने हुँदा एनआरएन पदाधिकारी महंगो जिम्मेवारी बनेको छ । महंगो जिम्मेवारी लिन खोज्ने सस्ता मान्छेहरूले पद ताकेर चक्रव्युहमा छिर्नु शहिद हुन तम्सनु मात्र हो । सामान्य आम्दानी भएका थुप्रै नारानहरू अभियन्ता बन्ने नशामा कामकाज र क्यारियर बिग्रेका प्रशस्त उदाहरण छन् । यस्ता दृष्टान्तहरूको फेहरिस्त बढ्दै जान थालेपछि संस्थापक अध्यक्ष उपेन्द्र महतोले कामकुरो नबिगारीकन संस्थामा लाग्न धेरै कार्यक्रममा धेरै पटक सुझाएका छन् । तर समाज सेवाको नशा जूवाको भन्दा कम नहुँदो रै’छ ।

नेपालमा स्थानीय र संसदीय राजनीति गर्नेहरू पनि आफूलाई समाजसेवी नै भन्छन् तर उनीहरूलाई जस्तो भत्ता र शक्तिको लाभ एनआरएनकर्मीलाई विदेशमा छैन । न दूतावासका कर्मचारीहरू झैं वैतनिक हुन् । तर अग्रपंक्तिमा रहेका एनआरएनकर्मीहरूको खटाई डेस्क नकुर्ने दूतावास कर्मचारीको जस्तो छ ।

केही वर्ष विदेश बसेर स्थापित भएपछि वा केही पैसा कमाएपछि धेरैको समाज सेवा गर्ने रहर हुन्छ र यस्तो समाज सेवा सानै स्केलको भए पनि अर्काले मान्यता दिउन् भन्ने अपेक्षा हुन्छ । कदर होस् वा नहोस् भनी लागेका फल-निरपेक्ष समाजसेवी आक्कलझुक्कलै भेटिन्छन् । राजनीतिको च्यादर ओढेर समाजसेवा गर्नेहरू त कब्जा गर्ने भन्दै हाटहुट गर्ने भैहाले । यी सबै खाले समाजसेवीहरूको पहिलो निशाना हो- एनआरएन सँघ । किनभने सबैभन्दा बढी फैलिएको (अर्थात् सदस्य रहेको) र सर्वाधीक नाम चलेको संस्था हो- एनआरएन सँघ ।

नेपालका नेताहरू झैं प्रवासका हरेक कार्यक्रममा अतिथि बन्नु र संबन्धित विषयको ज्ञान भए पनि नभए पनि भाषण ठोक्नु नारानवालाहरूको अर्को विशेषता हो । सायद एनआरएन सँघमा लाग्नुको एउटा आकर्षण वा आसक्ती यो पनि हो । त्यसैले एनआरएन सँघको नेतृत्वमा जान धेरैको रहर छ र प्रतिस्पर्धा तिब्र छ, तर रहर गर्नेहरूले गंभीरतापूर्वक बुझ्नुपर्ने कुरा एनआरएन सँघको सांगठनिक चित्र नै यस्तो छ की धनीलाई मात्र ‘नारान राजनीति’ गर्न सजिलो छ । एनआरएन सँघ यस्तो संस्था हो जहाँ कसले कति दान दियो, कति चन्दा बोल्यो वा कति लगानी गर्यो भन्ने कुराले ‘नारान व्यक्तित्व’ को उचाई तय गर्छ । सँघको संरचना, संजाल र कार्यपद्धति नै यस्तो छ की उदारतापूर्वक पैसा खर्च गर्न नसक्नेले पदको अपेक्षा र महत्ता कायम गर्न सक्दैन । त्यसैले धन भैकन कार्यसूचि बोकेको व्यक्ति सँघको नेतृत्वमा आओस् भनेर शुभेच्छा राख्नु नै अहिलेको सन्दर्भमा ज्यादा सान्दर्भिक हुन्छ । जीवा लामिछाने जस्ता धन, मन र इमानको समिश्रण भएका कति पो हुन्छन् र !

संस्था हरेक साल विस्तार हुँदैछ । नयाँ-नयाँ राष्ट्रिय समितिहरू गठन भएका मात्र होइनन्, पुराना राष्ट्रिय समितिको आयतन पनि बढीरहेको छ । तर एनआरएन राजनीति हरेक साल अझ धनीमुखि बन्दैछ । धन नभएका तर मन भएकाहरूलाई ‘एनआरएन सँघलाई धनीको होइन प्रवासीको संस्था बनाउँछु’ भन्ने नारा झन् झन् पेचिलो त बनेको छ तर रोइलो मात्र हो । यो होइन की त्यहाँ खर्च-गर्ने-शक्ति धेरै नभएका तर दृष्टिकोण भएकाहरू अटाउन सक्दैनन् । सक्छन्, तर धनाढ्यहरू झैं गहिरो पानीमा हाम फाल्न सक्दैनन्, छेउछाउमा छप्लाङछुप्लुङ मात्र गर्ने हुन् ।

(पंचम अधिकारीको यो लेख सेतोपाटी डट कममा पहिलो पटक जुलार्इ १२ मा प्रकाशित भएको हो । केही हिज्जेमा भएको गल्तिलार्इ यसमा सच्चाएर प्रकाशित गरिएको छ ।)

Jun 272017
 
धमिलो पानी संग्लिन समय लाग्छ

सन्दर्भ- पत्रकार महासँघ युरोप शाखाको अधिवेशन ♦ डिल्लीराम अम्माई ♦ मनमा कुरा खेलिरहे ध्यान अन्यत्र मोड्न किताब पढ्नु भनिन्छ । मैले पनि निर्णय बिहिनताको अवस्थामा पुगेको बेला कविशिरोमणिको तरुण तपसी खण्ड-काब्य निकालेर पढ्न थालें । तलका हरफहरु [ थप …]

May 022017
 
‘रङ नम्बर’ डायल गरेर ‘राइट रिजल्ट’ कहिँ पाईन्छ?

आइतबार सम्पन्न फ्रान्सको राष्ट्रपति निर्वाचनमा सत्तारूढ सोसलिस्ट पार्टीका उमेदवार बेन्वा आमोंले ७ प्रतिशतभन्दा कम मत पाएर पाँचौँ भए। प्रष्टै छ, फ्रान्सका मतदाताले सत्तारूढ राष्ट्रपति फ्रँस्वा ओलाण्डको कार्य-अकुशलता हेरेर भोट दिए। नेपालको सन्दर्भमा यस्तो संभव छ? [ थप …]

 Tagged with:
Mar 072017
 
निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?) बेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा [ थप …]

Feb 242017
 
इतिहासका पाठहरु सिक्नको लागि हुन, बेच्नका लागि होइनन्

– माधव सापकोटा  जनसंपर्क समितिको चुनाव नजिकिंदै गर्दा दिदी र भाई चुनाव लड्ने साइत जुरेको छ, बेल्जियममा । भाईले ढिपी झिक्यो छाडि दिउँ न त भनेर दिदीले ठुलो मन बनाए पनि हुनेथ्यो ! मैले दिदीको [ थप …]

Nov 142016
 
एन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास

– डा. विनय श्रेष्ठ नेपालको नयाँ संविधानले राजनीतिक अधिकार बिनाको भए पनि गैर-आवासीय नेपाली नागरिकताको अधिकार प्रत्याभूत गरेपछि गैर-आवासीय नेपालीहरुले यसलाई एक आंशिक सफलताको रुपमा ग्रहण गर्दै खुशीले दंग परेका थिए। तर हालका केही घटनाले [ थप …]

 Tagged with:
Oct 282016
 
बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक [ थप …]

Aug 232016
 
भत्केको मर्यादाक्रम

 डिल्ली राम अंमाई, प्यारो गरी नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला वैधानिक निकायहरुले संवोधन गरिने एउटा कर्मीको नाम हो “संचारकर्मी । भनिन्छ, २४ घण्टमा संसारभरका यिनै कर्मीहरुले आफ्नो कलममा चावी लगाईदिए भने [ थप …]

Aug 032016
 
दाहालका सहज छैनन् आगामी दिनहरु

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन  । व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्  । संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ [ थप …]

Jun 142016
 
नयाँ शक्तिको उद्घोष र यथार्थ

संविधानसभाबाट नयाँ संविधान जारी भए लगत्तै एनेकपा माओवादीबाट र सांसद पदबाट समेत राजीनामा दिएर अलग हुनुभएका  डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति नामक पार्टीको विधिवतरूपमा घोषणा गरेसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ [ थप …]

May 202016
 
बुद्धसम्बन्धी चिर्नुपर्ने भ्रम

गौतम बुद्धको २५६०औँ जयन्तीका अवसरमा यही वैशाख पूर्णिमा (जेठ ८ गते) बुद्धसम्बन्धी भ्रमलाई चिर्नका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र लुम्बिनीमा समारोह आयोजना गरिएको छ । यसअघि पनि बुद्धसम्बन्धी सम्मेलन गरिँदै आएकोमा यसचोटी भने मुलुककै [ थप …]

May 162016
 
मदनको ओझेलमा परेको पाटो

अलिकति खम्बाहरू थप्न सकियोस्, टेकाहरू हाल्न सकियोस् केही कब्जाहरू, किलाहरू, काँटीहरू थप्न सकियोस् र घरलाई अलिकति बलियो बनाउन सकियोस् त्यसपछि त्यो बलियो तलामा उभिएर दुईओटा पहलमानले कुस्ती गरौँला । मदन भण्डारी नेपाली राजनीतिमा जति चर्चित [ थप …]

Mar 302016
 
बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

-डिल्ली राम अंमाई   विश्वभरि नै २५६०औँ बुद्ध–जयन्ती सन्निकट पुगेर हेर्दा  देशभित्र र बाहिरका नेपालीले बुद्धको जन्मसँग जोडिएको स्थानबारे भारतले फिँजाएको भ्रमको डेटर सामना गरिरहेका छन । उनीहरूले सामाजिक सञ्जालदेखि सडक कार्यक्रमका ब्यानरसम्ममा बुद्ध नेपालको लुम्बिनीमै [ थप …]

Feb 142016
 
कुन राशिका प्रेमी कस्ता ? - भ्यालेन्टाइन डे विशेष

मेष : मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई चाँडै पट्याउने क्षमता हुन्छ । उनीहरू हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम प्राय: दिगो हुँदैन । उनीहरू कामुक र रोमान्टिक [ थप …]

Feb 112016
 
प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?

– डा. विनय श्रेष्ठ पछिल्लो एक दशकमा युरोपमा नेपाली संघ-संस्थाहरुको स्थापना र गतिविधिहरू ह्वात्तै बढेको छ। समाज सेवाको भावले ओतप्रोत भएर खोलिएका यस्ता थुप्रै संस्थाहरू प्रकृयागत रूपमा चुस्त र आशातीत रूपमा परिणाममुखि हुन सकेका छैनन्। [ थप …]