Reports

Sep 212017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्।

उम्मेदवारी घोषणा गर्न अयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमाका लागि एनआरएन वैदेशिक रोजगार आपत्कालीन कोषको रकम परिचालन गर्न सकिने जनाए।

अध्यक्ष प्रत्यासी भट्टले प्रत्येक राष्ट्रमा भएका एनआरएनए शाखा (एनसीसी) ले एउटा परियोजना निर्माण गर्ने परिकल्पना पत्रकार सामु सुनाएका थिए। ′हरेक एनसीसीका एक विशेष परियोजना परिकल्पना गरिएको छ, सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गरी महिला तथा युवा सहभागिता वृद्धि गरिने कार्यक्रम रहनेछ′, उनले भने। हाल गैरआवासीय नेपाली संघका विश्वभरि ७७ एनसीसीहरु रहेका छन्। ती सबैले एउटा—एउटा परियोजना सञ्चालन गर्दा गैरआवासीय नेपालीका नेपालमा ७७ परियोजना हुनेछन्।

गैरआवासीय नेपालीको सामूहिक लगानी नेपाल भित्र्याउन एवं वैदेशिक रोजगार कोषलाई अझ विस्तार गर्न आफूले जोड दिने उनको भनाइ थियो। हाल एनआरएनए वैदेशिक रोजगार कोषमा करिब दुई करोड ५० लाख रुपैयाँ रहेको छ।
वर्तमान नेतृत्वले अघि बढाएका लाप्राक नमुना बस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड तथा सामूहिक लगानीलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए।

संस्थागत संरचना परिवर्तनका लागि अध्यक्ष शेष घलेले प्रस्ताव गरेको भिजन ट्वान्टी ट्वान्टीबारे गैरआवासीय नेपाली संघमा मत विभाजनको स्थिति छ।

‘साथीहरुको विवाद सो प्रस्तावको कन्टेन्टमा हो। संस्थाको गतिशीलताका लागि भिजन आउनु सामान्य प्रक्रिया हो′, उनले भने, ‘यसलाई सकेसम्म पहल गर्छु। दुवै पक्षलाई ब्यालेन्स गर्ने ट्रिकी गेमको रुपमा मैले यसलाई प्रस्तुत गरेको छैन।′

Sep 012017
 
ब्रसेल्समा भब्यताकासाथ तीज सफल

नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज अगस्ट २० आइतबार  बेल्जियमको ब्रसेल्स सहरमा धुमधामका साथ मनाइयो  ।नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सोकार्यक्रममा ब्रुस्सेलबासी महिला दिदिबहिनी मात्रै नभएर  बेल्जियमका अन्य सहरबाट पनि राता सारी र भरिपूर्णघरगहनाले सजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो। साथमा  नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन तीजका गीतमा रमाउदै नाच्दै आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा प्रष्ट देखिन्थ्यो । नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र बेनेलक्सका  कार्यबाहक महामहिम राजदुत श्री सुधिर भट्टराईको प्रमुख आतिथ्यमा सुरु भएको यस कार्यक्रममा एन. आर. यन. बेल्जियमका अध्यक्ष गंगाधरगौतम , उपाधक्ष्य पदम  गुरुङ, ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सि पि भट्ट, लगाएत अन्य थुप्रै संघ सस्था बाट पाल्नुभएका बिशिस्ट व्यक्तिहरुको  उपस्थिति थियो  । र उद्घाटन कार्यक्रम संगसंगै  संगसंगै  २३ जुनमा नर्वेमा फुटबलमा भाग लिएर आउने खेलाडीहरुको स्वागत र धन्यवाद समारोह गर्दै उहाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। यस कार्यक्रममा, कार्यक्रम संयोजिका संगीता कार्कीले स्वागत भाषण गर्नुभएको थियो भने संस्थापक अधक्ष्य पारश गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने एन. आर. यन. बेल्जियमका अधक्ष्य गंगाधर गौतम, कार्यबाहकमहमहिम राजदुत श्री सुधिर भट्टराई र अध्यक्ष यज्ञ बहादुर गुरुङले  छोटो मिठो मन्तब्य दिनुभएको थियो । बेल्जियम भरिका २५० भन्दा बढी महिला दिदिबहिनी र दाजुभाईको उपस्थिति भएको एस कार्यक्रममा दिउसै देखि रातीसम्मै नाथाकिकनै दिदि बहिनी नाचेर रमाइलो गरे [ थप …]

Jul 272017
 
एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी

एनआरएन सँघ बेल्जियममा भ्यागुताको धार्नी जुटाउनका लागि जोडतोडले कसरत भैरहेको छ । पछिल्लो कसरत हो काँग्रेससमर्थित जनसंपर्क समितिको सिता सापकोटाको आधिकारिक पक्ष र एमाले समर्थित प्रवासी नेपाली मंचको आधिकारिक गुटको समझदारी । र, त्यसको प्रतिरोधमा [ थप …]

Jul 042017
 
एनआरएनको युरोप बैठक फ्र्यांकफर्टमा

गैर आवासीय नेपाली संघको दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलन जुलाई २९ र ३० मा जर्मनीको फ्र्यांकफर्टमा हुँदैछ । ‘युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता’ भन्ने नाराका साथ हुने सो भेला एनआरएन भवन निर्माण सहयोगार्थ [ थप …]

Mar 112013
 
उपचार सफल, मनिषा फर्किने

बलिउड स्टार मनिषा कोइराला अमेरिकाको न्यूर्योकबाट उपचार सफलतापूर्वक सम्पन्न गरी जुन- जुलाई महिनासम्ममा भारत फर्किने अपेक्षा गरिएको छ । गर्भाशय क्यान्सरको सफल शल्यक्रियापछि न्यूर्योकमा रहेर स्वास्थ्यको हेरचाह गराइरहेकी मनिषा जुलाईसम्ममा न्यूर्योकबाट फर्किन सक्ने जानकारी मनिषाका [ थप …]

Mar 052013
 
बलिउड हिरोइनको क्रिकेटर मोह

तपाइँ निना गुप्तालाई सम्झि नु हुन्छ कि बिर्सिनुभयो ? एक जमानाको हिट फिल्म ‘खलनायक’मा माधुरीका साथ इला अरुणको धोद्रो स्वरमा ‘चोली के पिछे क्या है’ भनेर यिनी नाचेकी थिइन् । र, कुनै वेला ‘सास’ भन्ने टेलिफिल्ममा [ थप …]

Feb 192013
 
फेसबुक निशानीमा

विश्वमा सबैभन्दा बढी हेरिने साइटका रुपमा उक्लनै लागेको फेसबुकलाई ह्याकरहरुले दुख दिए पनि उसले पाएको स्थान भने तत्कालै गुम्ने खतरा देखिएको छैन । फेसबुक अहिले विश्वमा दोस्रो स्थानमा छ भने नेपालमा गुगललाई पछि पार्दै पहिलो [ थप …]

Feb 182013
 
चर्चा कमाउने काइदा

चर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ ।

Feb 182013
 
ब्रिटीश प्रधानमन्त्री भारतीयहरूको स्वागतार्थी

ब्रिटीश प्रधानमन्त्री  डेविड कैमरूनले भारतीय व्यापारी र विद्यार्थीलाइ ब्रिटेनमा काम, अध्ययन र लगानीको क्षेत्रमा सहज वातावरण बनाउने संकल्प गरेका छन् ।

Feb 152013
 
आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्

भारतमा बिहारको समस्तीपुर जिल्लामा साइनोको मर्यादालाइ कुल्चँदै ८ बच्चाकी आमाले आफ्नै ज्वाइँसँग बिबाह गरेकी छन् । पछि, बदनामी को कारण उनले विष खाएर आत्महत्या गर्ने प्रयाश गरेकी बताइएको छ ।

Feb 142013
 
 महिला हिंसाविरूद्ध

हिंसा अन्त्य गर : महिला हिंसा अन्त्यका लागि ‘उर्लंदो सय करोड’ अभियान अन्तर्गत काठमाडौंमा आयोजित र्‍यालीमा सहभागी विदेशी महिलाहरु ।